देशकै बिशिष्ठ ब्यक्तीको नि ध न, भोली आइतवार शोक विदा

काठमाडौं – 

विधाताले रचेको विधिको विधानलाई कसैले टार्न नसक्ने रहेछ, आउने र जाने तिथि र मितिको पनि यो दुनियाँमा कसैलाई पत्तो नहुने रहेछ, कतिखेर यो धर्तीमा

पदार्पण गराउने र कतिखेर धर्तीबाट पुनः नभमै विलीन गराउने यसको हिसाबकिताब र समय तालिका मान्छेको वशमा वा मान्छेको हातमा नहुने रहेछ।

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको ८८ वर्षको उमेरमा बुधबार नि ध न भएको छ । शर्मा २०५४ चैत देखि २०५६ मंसिर ३० गतेसम्म नेपालको प्रधानन्यायाधीश थिए ।

२०३१ सालमा जनसेवा पदक र २०३४ सालमा गोरखा दक्षिण वाहुबाट सम्मानित शर्माले २०१५ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । २०१७ सालमा कानूनमन्त्रालयको

शाखा अधिकृतबाट बढुवा हुँदै उनी विभिन्न अदालतको न्यायाधीश भएका थिए । बुधवार निधन भएका शर्माको विदेशबाट छोरा आएपछि शनिवार

अन्त्येष्टि गरिएको थियो । २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका शर्मा ३० चैत २०५४ देखि ३० मंसिर २०५६ सम्म प्रधानन्यायाधीश रहेका थिए ।

यसैबिच, सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको नि’ध’नमा शोक विदा दिने निर्णय गरेको छ । शनिबार बसेको सर्वोच्चको आक’स्मिक पूर्ण बैठकले

शर्माको नि’ध’नमा आइतवार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो । सर्वोच्चले आफ्नो विज्ञप्तिमा शर्माले आफ्नो कार्यकालमा स्वतन्त्र न्यायपालिको

मूल्य मान्यता स्थापित गर्न र न्याय तथा कानुन क्षेत्रको विकासका लागि अतुलनीय योगदान पुर्‍याएको उल्लेख गरेको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...