काठमाडौं –
फ्याक्ट्रीमा काम गर्ने एक मजदुर अचानक करोडपति बने । उनले २ मिलियन पाउण्डको पुरस्कार जिते ।
करोडपति बन्नासाथ ती व्यक्तिले आफ्ना मालिकलाई फोन गरेर भने ‘म अब कहल्यै पनि काममा आउँदिन ।’ खासमा यो घटना बेलायतको कुम्ब्रियाको कार्लिस्लेको हो ।
यहाँका ६१ वर्षका इयान ब्लेक पिरेल्ली टायरको फ्याक्ट्रीमा काम गर्थे । एक दिन उनी रातको सिफ्ट सकेर फर्किने क्रममा बाटोको एउटा पसलमा रोकिएर अखबार किन्ने सोच बनाए ।
डेलीमेलका अनुसार यस क्रममा उनले त्यहाँ लट्री टिकट देखे । त्यसपछि उनले एउटा स्क्रयाच टिकट किने । जब ब्लेकले आफूले लट्री जितेको थाहा पाएपछि उनको खुसीको ठेगान रहेन ।
उनले २ मिलियन पाउण्ड (३२ करोड रुपैयाँ) को पुरस्कार जितेका थिए । उत्साहित ब्लेक जब घर पुगे उनले पत्नीलाई बोलाएर टिकटको जाँच गर्न भने ।
ब्लेकले पत्नीसँग भनेका थिए ‘मलाई लाग्दैन मैले यति धेरै जीरो पहिले कहिल्यै देखेको छु । के यो साँच्चै २ मिलियन हो ?’
त्यसपछि ब्लेकले तत्काल आफ्नो फ्याक्ट्रीका मालिकलाई फोन गरे र भने ‘मलाई लाग्दैन म यो हप्ता काममा आउन सक्छु वा फेरि कहिल्यै काममा आउँछु ।’
मालिकले अचम्म मान्दै सोधे ‘किन के भयो ?’ ब्लेकले भने ‘मैले नेशनल लट्री जितें ।’ ब्लेकका अनुसार यो भन्दै गर्दाको पल उनले कहिल्यै पनि बिर्सिन सक्दिनन् ।
इयान र उनकी पत्नीले यो पैसाले सबैभन्दा पहिले आफ्नो कुकुरको अपरेशन गराउने बताए । कुकुरको खुट्टाको हड्डी जोड्नु जरुरी छ । त्यसपछि उनीहरु जमिन किनेर आफ्नो
सपनाको घर बनाउनेछन् । दम्पतीका ५ छोराछोरी र १० नातिनातिनी छन् जो अहिले भाडामा बस्छन् । इयानले यो पुरस्कार उनको मात्र नभइ पूरै परिवारको जीवन बदल्नेवाला भएको बताए ।



















