नयाँ दिल्लि –
बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी हुन् ।
‘यो कुरा बताउँदा हामी खुसी छौं कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत गरिरहेका छौं ।
हामी आफ्नो परिवारका लागि तपाईंसँग सम्मानपूर्वक आग्रह गर्छौ कि यो विशेष समयमा हाम्रो गोपनियतालाई ध्यान दिनुहोला, उनले लेखेकी छन् ।
सरोगेसीका माध्यमबाट छोरा या छोरी के जन्मियो भन्ने केही जानकारी दिएकी छैनन् । पछिल्लो तीन महिनामा प्रियंका बलिउडकी दोस्रो अभिनेत्री हुन्,
जो सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । यसअघि सन् २०२१ को नोभेम्बर १७ मा प्रीति जिन्टा पनि सरोगेसीका माध्यमबाट जुम्ल्याहा सन्तानकी आमा बनेकी थिइन् ।
प्रियंका र निक जोनासको जोडी बलिउडमा लोकप्रिय जोडीका रुपमा चिनिन्छन् । दुवैले सन् २०१८ डिसेम्बर २ मा उदयपुरको उम्मेद भवनमा हिन्दु र क्रिश्चियन रीतिरिवाज अनुसार विवाह गरेका थिए ।
यो पनि : बतास समूहको पञ्जाबाट नारायणहिटी दरबार संग्राहलय जोगाएका पर्यटनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगममा फायर खोल्ने भएका छन् ।
वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका समूहलाई कारबाही गर्न आले तम्सिएका छन् । निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै
आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् । बिहीबार भएको निगम सञ्चालक समितिको बैठकमा तीनजना सञ्चाकललाई प्रवेश नै गर्न नदिएर यसको सुरुवात गरिएको छ ।
बिहीबार भएको निगम सञ्चालक समितिको बैठकमा ७ जना सञ्चालकमध्ये ४ जनाले बहुमतको आधारमा निर्णय गरेका छन् । पर्यटन मन्त्री आलेको
निर्देशनमा निगम सञ्चालक समिति सदस्यहरु डिमप्रसाद पौडेल, ईश्वरी पौडेल र फुर ग्याल्जे शेर्पालाई सञ्चालक समितिमा निषेध गरिएको बताइएको छ ।
मन्त्री आलेले तीन पटक सञ्चालक समितिमा उपस्थित नभएको देखाएर सञ्चालक समितिबाट उनीहरूलाई कारबाही गर्न लागेका छन् ।
तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराईले नियुक्त गरेका डिमप्रसाद पौडेल महाप्रबन्धक हुँदा निगमलाई कम्पनी मोडलमा लैजान निरन्तर लबिङ गर्दै आएका थिए । उनको अस्वाभाविक व्यवहारका कारण कर्मचारीहरुले आन्दोलन गरेका थिए ।
उनीहरुले पुनः बैठकमा उपस्थित हुने वातावरण नबनाएको भन्दै कार्यकारी अध्यक्षलाई पत्र पठाउँदै ध्यानाकर्षण पनि गराएका छन् । यसको बोधार्थ पर्यटन मन्त्री, सचिव, अर्थ मन्त्रालय राजश्व सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पठाएका छन् ।
यता, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले भने तीनैजना सञ्चालकलाई समितिको बैठकबारे जानकारी गराइएको बताएका छन् ।