काठमाडौं –
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र फा’सी’वा’दी हिट्लर
दाजुभाइ भएको टिप्पणी गरेका छन् । भट्टराईले नेकपा एमालेलाई फा’सी’वा’दी तत्त्व भएको आ’रो’प लगाएपछि जवाफमा बाँस्कोटाले सो कुरा बताएका हुन् ।
पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्दै ६ महिनादेखि संसद् अ’व’रु’द्ध गर्ने र सर्वदलीय बैठक बहिष्कार गर्नेहरू बहुदलीय जनवादको खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने न’वफा’सीवा’दी तत्त्व भएको जि’कि’र गरेका थिए।
जवाफमा बाँस्कोटाले लेखेका छन् : हारजंगमा आठजना नागरिकलाई घरभित्रै थुनेर जिउँदै जलाएर मार्ने,चितवनमा चार वर्षीया बालिका काजोल खातुनलाई
बसभित्रै ज’ला’ए’र मा’र्ने ह’त्या’रा’ले बारम्बार एमालेलाई हिटलरसँग जोड्न खोज्नुको अर्थ के हो ? हिट्लरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता छैन।
अझ थप्छु-सामाजिक फासीवादी भट्टराई र फा’सीवा’दी हिट्लर दा’जु’भाइ हुन। रेनुको राजीनामा रोक्न सार्वजनिक ध’म्की दिनु आवश्यक छैन। विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केही हल्लिदैन।
यो पनि : जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई नवफा’सी’वा’दी बनेको आ’रो’प लगाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले ६ महिनादेखि संसद् अ’व’रु’द्ध गर्ने र सर्वदलीय बैठक ब’हि’ष्का’र गर्नेहरू बहुदलीय जनवादको खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासीवादी तत्त्व भएको जिकिर गरेका हुन् ।
उनले लेखेका छन् ‘विना कारण ६ महिनादेखि संसद् अ’व’रु’द्ध गर्ने,वै’धानि’क सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर ब’हि’ष्कार गर्नेहरू ‘बहुदलीय जनवाद’ को
खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासी’वादी तत्त्व हुन् । नबिर्सौँ हिट्लरको मार्ग निर्देशक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ थियो र उ चुनावबाटै आएको थियो ! ’