गृहमन्त्री खाणको निर्णयले प्रहरीका साना दर्जाका हजारौं व्यक्ति खुसी, प्रहरीमा इतिहाँस बन्यो

काठमाडौं –

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीका साना दर्जाका प्रहरी कर्मचारीहरूको पी’डा बुझेर न्याय दिएका छन् ।

गृहमन्त्री खाणको निर्देशनमा मन्त्रिपरिषदले प्रहरी नियमावली संशोधन गरेको छ । संशोधनसँगै नेपाल प्रहरीका इन्स्पेक्टरभन्दा तल्लो दर्जामा कार्यरत २० हजार ५ सय ९४ जना सुरक्षाकर्मीको बढुवा हुनेछ ।

सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सईमा बढुवाका लागि प्रक्रिया शुरु भएको छ । गृहमन्त्री खाणको बोल्ड निर्णयलाई प्रहरीभित्र ऐतिहाँसिक भनेर स्वागत गरिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवम् एसएसपी विष्णु केसीले तीन महिनाभित्र संशोधित नियमावलीअनुसारका पदमा बढुवा गरिसक्ने तयारी रहेको बताएका छन् ।

प्रहरीमा ट्रेनी समेत ४७ हजार ५३ जना जवान छन् । १५ हजार ५ सय २७ जना सहायक हवल्दारमा बढुवा हुँदैछन् । हवल्दार पदमा कार्यरत २५ प्रतिशतलाई वरिष्ठ हवल्दारमा बढुवा गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

१४ हजार ९ सय ८९ जना हवल्दार छन् । उनीहरूमध्येबाट ३ हजार ७ सय ४७ जना बरिष्ठ हवल्दारमा बढुवा हुनेछन् । १ हजार ३ सय २० जना प्रहरी नायव निरीक्षक (सई)बाट बरिष्ठ सईमा बढुवाका लागि प्रतिस्पर्धामा छन् ।

प्रहरीमा ४ हजार २९६ जना सई कार्यरत छन् । उनीहरूमध्येबाट १ हजार ३ सय २० जना वरिष्ठमा बढुवा हुन्छन् । प्रहरीभित्र ठूला पदमा मात्रै अघिल्लो गृह मन्त्रीहरूले बढुवामा रुचि राख्ने गर्दथे ।

यस पटक गृहमन्त्री खाणले ठूला पदमा भन्दा पनि प्रहरीका साना पदमा रुचि देखाएका छन् ।

साना पदका प्रहरी कर्मचारीहरूको मागको सुनुवाई कम हुँदै आएकोमा यस पटक गृहमन्त्री खाण आफैले साना पदमा रहका प्रहरीको माग धमाधम पूरा गरिदिएका छन् ।

गृहमन्त्री खाणको यो प्रस्तावलाई प्रहरीहरूले रुचाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि साना पदका प्रहरीको बढुवामा रुचि देखाएका छन् ।

यो पनि : सरकारले माघ १० गतेदेखि खाडी राष्ट्रहरुको भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाएको छ । पछिल्ला दिन को भि ड १९ को ओमिक्रोन भेरियन्ट

तीव्र रुपमा फैलिँदै गएका बेला खाडी राष्ट्र र मलेसिया पुग्ने नेपाली बिचल्लीमा परेको भन्दै सरकारले तत्कालका लागि ती मुलुकमा जान रोक लगाएको हो ।

शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी २०७८ माज्ञ १० गतेदेखि लागू हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि ती राष्ट्रमा भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाइएको जनाएको छ ।

पछिल्ला दिन ओमिक्रोन भेरिएन्ट तीव्र भएपछि सरकारले काठमाडौं उपत्यका लगायत देशभर कडाई गरेको छ । काठमाडौं उपत्यकामा शुक्रबार मध्यरातबाट सवारी साधनका लागि जोर बिजोर प्रणाली समेत लागू गरिएको छ ।

वैदेशिक रोजगारीमा तेस्रो लहरको ध क्का

पछिल्लो ५ र ६ महीनादेखि लगातार बढीरहेको वैदेशीक रोजगारीमा जाने नेपालीहरुको संख्या पुसमा भने साढे १० हजारले घटेको छ । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क

अनुसार पुसमा अन्तिम श्रम स्विकृती लिएर विदेश जानेको संख्या ६३ हजार हारहारी मात्रै छ । पछिल्लो छ महीनाको तथ्याकलाई हेर्दा करिव ३ लाख नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।

चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा २ लाख ९४ हजार २ सय ३६ जना नेपाली वैदेशिक रोजगारीको लागि गएको विभागको तथ्याङ्क छ । चालू आर्थिक

वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या साउनमा सबै भन्दा कम २५ हजार ४ सय रहेकोमा मंसिरमा सबैभन्दा धेरै ७४ हजार ३५४ रहेको थियो ।

तर मंसिरको तुलनामा पुसमा विदेश जानेको संख्या भने साढे १० हजारले घटेको छ । मंसिरमा ७४ हजार ३५४ जना नेपालीले अन्तिम श्रम स्विकृती लिएकोमा पुसमा भने ६३ हजार ८२५ जनाले मात्रै अन्तिम श्रम स्विकृती लिएको विभागको तथ्याङ्क छ ।

विभागको तथ्याङ्क अनुसार मंसिरमा ३९ हजार ८०० भन्दा धेरै नेपालीले व्यक्तिगत रुपमा पुनः श्रम स्विकृती लिएर विदेश गएका थिए । तर पुसमा भने यसरी पुनः व्यक्तिगत

श्रम स्विकृती लिएर विदेश जानेको संख्या ३० हजार ६०० मात्रै रहेको छ । संस्थागत रुपमा श्रम स्विकृती लिएर विदेश जाने कामदारको संख्या भने बढेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...