श्रेष्ठको ड र लाग्दो ठ गी धन्दा, था हा पाउने सबै भए अचम्म !

काठमाडौं 

युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठ पुनः वि वा द मा तानिएका छन् । दुबईबाट अष्ट्रेलिया पठाउछु भन्दै दर्जनौं युवाहरूको लाखौं रकम लिएर फ रा र भएको खवर सार्वजनिक भएको छ ।

श्रेष्ठ अध्यक्ष भएको जिसिडि एचआर एण्ड म्यानेजमेन्ट कन्सल्टेन्सीले सन २०२० जुन २१ तारिखको दिन अष्ट्रेलिया पठाउछु भन्दै दर्जनौं युवाहरूको नक्कली अफर लेटर र भिषा बनाएर प्रति व्यक्ति ६ लाख देखि ८ लाख नेपाली रुपैयाँसम्म लिएर हाल फरार भएको खुलासा भएको छ ।

पी’डि’तहरुले पटकपटक कि अष्ट्रेलिया पठाउनु कि पैसा फिर्ता दिनु भनेर अनुरोध गर्द पनि श्रेष्ठले ‘जे गर्न सक्छ गर मैले जानीजानी फ’साएको हो र’ भनेर गैरजिम्मेवारीपुर्न जवाफ दिएपछि उनिहरुले श्रेष्ठको भित्रि कर्तुत बाहिर सार्वजनिक गरेको हो ।

श्रेष्ठले पठाएको अष्ट्रेलियाको भिषा र अफरलेटर एम्बेस्सीमा गएर बुझ्दा सबै नक्कली रहेको पाइएको छ । नेपाल एसोसिएसन युएईको जिम्मेवार संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा रहेको

व्यक्तिले यस्तो नक्कली काम गर्छु भन्ने हामीलाई विश्वास लागेन, त्यसैले ढुक्काले पैसा बुझायौं तर अहिले मर्नु न बाँच्नुको स्थितिमा पुर्याएको म्याग्दी घर भएका काजीमान बुढाथोकीले कुराकानीमा बताए ।

हाल बुढाथोकी संगै अनिस संजेल, सन्तोष ठकुरी, प्रविण पाठक, प्रमोद अधिकारी, सन्तोष केसी, सुभाष कोइराला, साजन महर्जन, सुशील बिसि, उज्ज्वल पौडेल, हरि बराल, राजन बराल

लगायतका दर्जनौं युवाहरू करिव दुई वर्षदेखि अलपत्र रहेका छन् । अध्यक्ष श्रेष्ठसंग कुरा गर्दा कहिले तीन महिनामा अष्ट्रेलिया उड्छ त कहिले १ महिना लाग्छ भन्दै वर्षौं हुदा समेत न्याय पाइरहेका छैनन् ।

एनआरएनए युएईको पुर्व अध्यक्ष तथा नेपाल एसोसिएसनको अध्यक्ष श्रेष्ठ यसअघि पनि पटकपटक यस्ता  ठगी धन्दामा मुछिएका व्यक्ति हुन । समाजसेवीको खोल ओडेर सोझो नेपालीहरु पसिनाको कमाइमा मस्ति गर्दै आएका श्रेष्ठ युएईमा समेत पटकपटक जेल बसेर निस्केका व्यक्ति हुन ।

एनआरएनकै एक सदस्यका अनुसार उनी वर्षको दुई चार पटक जेल पुगेको हुन्छ । कहिले मानव तस्कर त कहिले चेक बाउन्सको केसमा उनी पटकपटक जेल पर्ने पटके व्यक्तिको रुपमा दुबई पुलिसमा समेत जानकार रहेको बताए ।

युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालको पहलमा एनआरएनए र नेपाल एसोसिएसनका सम्पूर्ण खातापाता नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्ने सहमति गरेको निर्णय समेत आजको मितिसम्म कार्यनयन नगरेका श्रेष्ठ निक्कै विवादित व्यक्तिको रुपमा चिनिन्छ ।

युएईको विभिन्न संघसंस्थाहरुमा सक्रिय रुपमा काम गर्ने, त्यहाँका नेपालीहरुको समस्यमा अवाज उठाउदै हिड्ने गरेका श्रेष्ठको भित्रि धन्दा भने त्यहाँका सोझासिधा नेपालीहरुलाई

अरु देशमा पठाउछु भन्दै विभिन्न किर्ते कागजात बनाएर करोडौं ठगि गरेको पाइएको छ । हामीले यस विषयमा श्रेष्ठसंग कुरा गर्न खोज्दा उनिसंग सम्पर्क भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...