२५ वर्षीय पबिता र २७ वर्षीय गगनको यस्तो अनौठो धन्दा, प्रहरी समेत चकित !

चितवन –

चितवनमा नक्कली नेपाली नोटको कारोबारमा संलग्न दुई जना प क्रा उ परेका छन् । चितवन प्रहरीले खैरहनी नगरपालिका–३ घर भई हाल भरतपुर महानगरपालिका–३

बेलचोकमा डेरा गरी बस्ने २५ वर्षीय पबिता घतानी र राप्ती नगरपालिका–७ बस्ने २७ वर्षीय गगन लाल तामाङलाई ४ माघमा प क्रा उ गरेको हो ।

प क्रा उ परेका व्यक्तिमाथि मुलुकी अप’राध संहिता, २०७४ अन्तर्गत मु द्रा सम्बन्धी कसुर (खोटा मुद्रा) मु द्दा मा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद

अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । 

नारायणगढ बेलचोकमा रहेको एक फेन्सी पसलमा कपडा खरिद गर्न गएकी पबिता घतानीले कपडा खरिद गरेपछि दिएको नोट न’क्क’ली भएको भन्ने सूचनाको

आधारमा प्रहरीले घतानीलाई प’क्रा’उ गरेको थियो । उनको साथबाट नक्कली नेपाली नोट एक हजार रुपैयाँका १० थान बरामद गरिएको अधिकारीले बताए । 

एचपी कम्पनीको ल्यापटप एक थान र सौर्य दैनिकको एउटा प्रेस कार्डसहित तामाङलाई सौराहाको एक होटलबाट प’क्रा’उ गरिएको उनले बताए ।

नक्कली नेपाली नोट छाप्ने काममा भने अरू नै संलग्न रहेको र उनीहरू फरार रहेकाले खोजी कार्य जारी रहेको उनले बताए । उनीहरूको साथबाट एमआई कम्पनीको एउटा मोबाइल पनि बरामद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...