बुद्ध एयरको विमानमै बे’हो’स भएकी जानुकाले हो’स आएपछि यसो भनिन् …

काठमाडौं – काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस भएका छन् ।

काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. 9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घण्टापछि मात्र अवतरण भएको छ ।

बुद्ध एयरका अनुसार काठमाडौंबाट ७ः४४ बजे उडेको उडान नं ४५१ जहाज निर्धारित समयअनुसार ८ः४४ मा अवतरण हुनुपर्ने थियो । तर, नेपालगञ्ज विमानस्थलको मौसम प्रतिकुल नभएपछि जहाज होल्डमा पर्‍यो ।

यो जहाज बिहान ९ः१८ मा अवतरण भएको थियो । सो क्रममा एक महिला यात्रु बे’हो’स भेटिएको र उनलाइ बुद्ध एयरको एम्बुलेन्सबाटै नेपाल आर्मीको

अस्पतालमा लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निको भएर फर्किसकेको कम्पनीका एक अधिकारीले जानकारी दिए ।

यो पनि : काठमाडौंबाट आउँदा मौसम एकदम सफा थियो । नेपालगन्जमा पुग्दा पूरै कुहिरोले ढाक्यो । विमान तल-माथि, तल-माथि गरिरहेको थियो । एक घण्टामा ल्याण्ड गर्नुपर्ने, गरेन ।

(बुद्ध एयरबाट काठमाडौं-नेपालगन्ज उठान ५५ मिनेटको हुन्छ) । दुई घण्टा जति भएजस्तो लाग्यो । विमान परिचालिकाले मौसम खराब छ । अब १५ मिनेटमा पुग्छौं भनेर भनिरहेकी थिइन्।

एक्कासी एकदमै गर्मी भयो । मैले ज्याकेट फुकाले । मफलर पनि उतारे । गर्मी हुँदा हुँदा मेरो त दुईवटै हात पनि बाउडिन लागे। हात नै चलेन । चिसो भयो हात । मैले बोलाए । मलाई यस्तो भयो, हेर्नुस् त भने ।

एयर होस्टेजहरु आए । भित्र डाक्टर पनि हुन्थ्यो। उहाँ आएर मेरो हात मुसार्नु भयो। मुसार्दा मुसार्दै मेरो हात त ठन्डा भएसकेछ । मैले भने मेरो हात ठण्डा भयो । छिटो मलाई यहाँबाट बाहिर निकाल्नुस् ।

निकै अप्ठ्यारो भयो । खुल्ला हावामा कतिखेर पाउँजस्तो भयो। म अब बाँच्दैन भने । तपाईँहरुको केही सुरक्षा छैन कि क्या हो ? भनेर म खुब चिल्लाएकी थिए । मलाई छिटो बाहिर लैजानुस् भने ।

म एक सेकेण्ड पनि बाँच्दैन, छिटो लानुस् भनिरहेँ । उहाँहरुले केही हुँदैन । केही हुँदैन । ल्याण्ड हुन लागिसक्यो । तपाई घबराहट नहुनुस् भनिरहे । विमानमा केहीजना आ’त्तिएका थिए ।

मेरो पछाडिका दुईजना नानीहरु मम्मी मम्मी भन्दै रुँदैथिए । कोही मुखामुख गरिरहेका थिए । कोही हाँस्दै थिए । मलाई त्यही बेला उल्टी भयो । लगत्तै जहाज ल्याण्ड भयो भनियो ।

त्यसपछि मलाई केही पनि थाहै छैन । म कहाँ आएँ ? कहाँ ल्यायो ? विमानमा चढ्नुअघि खाना पनि खाएकी थिइनँ। मैले धेरै हवाइ यात्रा गरेकी छु । यो पहिलो यात्रा पनि होइन ।

मलाई कुनै रो’ग पनि छैन । फिट एण्ड फाइन नै छु । खै के भयो मलाई थाहा छैन। अस्पतालमा सुगर देखिएको छ भनेर डाक्टरले भन्नु भएको छ । अहिले मेरो स्वास्थ्य अवस्था ठीक छ । सुर्खेत जाने तयारीमा छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...