हजारौ प्रहरीहरुका लागि खुसीको खबर, देउवा सरकारले चाल्यो अर्को सह्रानिय कदम

काठमाडौं – 

मन्त्रिपरिषद्ले प्रहरी नियमावली संसोधन गरेसँगै नेपाल प्रहरीका इन्स्पेक्टर भन्दा तल्लो दर्जामा कार्यरत २० हजार ५ सय ९४ जना सुरक्षाकर्मी बढुवा हुने भएका छन् ।

प्रहरी प्रधान कार्यालयले सहायक हवल्दार, बरिष्ठ हवल्दार र वरिष्ठ सईमा बढुवाका लागि   प्रक्रिया शुरु गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु केसीले बताए ।  

‘प्रहरी नियमावलीको नवौं संसोधन सँगै बढुवा पक्रियामा गएको छ’ प्रहरी प्रवक्ता केसीले भने–‘तीन महिनामा संसोधित नियमावली अनुसारको पदमा बढुवा गरिसक्छौँ ।’

प्रहरीमा अहिले ट्रेनी समेत ४७ हजार ५३ जना जवान छन् । उनीहरुमध्ये ३३ प्रतिशत अर्थात  १५ हजार ५२७ जना सहायक हवल्दारमा बढुवा हुँदैछन् ।

हवल्दार पदमा कार्यरत २५ प्रतिशतलाई बरिष्ठ हवल्दारमा बढुवा गर्ने प्रहरी प्रधान कार्यालयका तयारी छ । अहिले १४ हजार ९८९ जना हवल्दार छन् ।

उनीहरु मध्येबाट ३ हजार ७४७ जना बरिष्ठ हवल्दारमा बढुवा हुन्छन् । त्यस्तै, प्रहरी नायव निरिक्षक (सई)बाट बरिष्ठ सई हुनका लागी १ हजार ३ सय २० जना प्रतिस्पर्धामा छन् ।

प्रहरीमा अहिले ४ हजार २९६ जना सई कार्यरत छन् । उनीहरु मध्येबाट ३३ प्रतिशत अर्थात १ हजार ३ सय २० जना वरिष्ठमा बढुवा हुन्छन् ।

यो पनि : भारतको सीवान जिल्लाको सबैभन्दा ठूलो सरकारी सदर अस्पतालबाट नवजात शिशु चो’री भएको घटना बाहिरिएको छ।  परिवार र प्रहरी शिशुको खोजीमा जुटेका छन् । शिशुकी आमाको अवस्था नाजुक छ ।

महाराजगंज थाना क्षेत्रको गौर गाउँ निवासी अलीकी श्रीमती अफसानाले मंगलबार दिउँसो १२ बजेतिर चार छोरीपछि छोरालाई जन्म दिएकी थिइन्। छोरा जन्मिएपछि घरमा खुसीयाली मनाउँदै थिए। तर, यो खुसी क्षणभरमै हरायो।

साँझ करिब ६:३४ बजेतिर शिशु एसएनसीयू वार्डबाट गायब भएको समाचार आतजकमा छ। त्यसपछि परिवारको खुशी क्षणभरमै दु:’खमा परिणत भयो।

नवजात शिशुका हजुरबुवाले भने,’ बुहारी अफसानले चार नातिनीपछि नातिनीलाई जन्म दिएकी थिएन्। नातीलाई आइसीयू वार्डमा राखिएको थियो। साँझ ७ बजेतिर एनआइसीयूबाट एकाएक बेप’त्ता भयो ।’
 
त्यहाँ काम गर्ने जेनब खातुनले इम्तियाज नामका युवकले शिशु लिएर गएको बताइन्। इम्तियाज नाम गरेका युवकलाई भने शिशुको परिवारका सदस्यले नचिनेको बताएका छन्।  

सदर अस्पतालको एनआइसीयू वार्डमा ड्युटीमा रहेका डा. अमित कुमारले शिशुलाई साँझ ६ :३४ बजे परिवारका सदस्यले लिएर गएको बताए। उनले शिशु बुझेको दर्तामा उल्लेख भएको बताए।  उनले बुधबार अस्पतालमा जडान गरिएका सम्पूर्ण सीसीटिभी जाँच गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...