फेरी ह्वात्तै बढ्यो इन्धनको मुल्य, ग्यास,डिजेल र पेट्रोल कतिमा हुदैछ त कारोबार ?

काठमाडौं –

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजेल/मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।

अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ । घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको छ ।

आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको

मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गर्ने निर्णय गरिएको निगमले जनाएको छ । पछिल्लो पटक मिति २०७८ कात्तिक २४ गते मूल्य समायोजन भएको थियो ।

निगमले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १२ पटक नयाँ मूल्य प्राप्त गरेको र अधिकांश पटक मूल्य बढेर आएको भएपनि ३ पटक मात्र मूल्य समायोजन गरेको निगमले जानकारी दिएको छ ।

निगमले करिब १९ अर्व २६ करोड घाटा व्यहोरिसकेको र आगामी २३ जनवरी, २०२२ मा तेल खरिद वापत भुक्तानी गर्न निगमलाई झण्डै २ अर्ब रुपैयाँ नपुग हुने स्थिति देखिएको निगको दावी छ ।

‘सो रकम मूल्य स्थिरीकरण कोषबाट व्यहोर्नुपर्ने बाध्यात्मक स्थिति समेत सिर्जना भएको छ । तसर्थ निगमले प्रचलनमा ल्याएको स्वतः मूल्य निर्धारण संरचनालाई क्रियाशिल बनाई

सो अनुरुप मूल्य समायोजन गर्दै जानुपर्ने देखिएको हुँदा आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल/मटि्लतेलको साबिकको बिक्रि मूल्यमवृद्धि गरिएको हो,’ निगमले विज्ञप्तिमा भनेको छ ।

आजको मूल्य समायोजन पश्चात् पनि १५ दिनमा करीब १ अर्ब ८८ करोड रूपैयाँ घाटा हुने स्थिति देखिएको निगमले बताएको छ ।

यो पनि : नेपाल आयल निगमले १५ दिनमा २ अर्ब २४ करोड घाटा हुने जनाएको छ ।

निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै १५ दिनभित्रै पेट्रोलियम पदार्थ, डिजेल, एल पी ग्यास खरिदमा दैनिक करोडौं घाटा व्यहोरीरहेका बताएको हो ।

निगमले एल पी ग्यास खरिदमा १५ दिनमै १ अर्ब १४ करोड ८६ लाख, पेट्रोलियम पदार्थ आयातमा १५ दिनमै ४२ करोड ७९ लाख, डिजेल आयातमा ७९ करोड ९९ लाख घाटा व्यहोरिरहेको जनाएको छ ।

यस्तै मट्टितेल खरिदमा १५ दिनमा १ करोड ८७ लाख र हवाई इन्धन खरिदमा ११ करोड ३७ लाख नाफा कमाएको पनि निगमले जनाएको छ । पछिल्लो समय दैनिक घाटाको आकार

बढ्न थालेपछि निगमले तत्काल ऋण तिर्नका लागि १२ अर्ब रुपैयाँ आवाश्यक रहेको जनाएको छ । निगमले मूल्य स्थिरीकरण कोषमा रहेको रकम प्रयोग गर्न आवाश्यक रहेको बताएको हो ।

निगमले आगामी ३ महिनाको पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि १२ अर्ब आवाश्यक रहेको जानकारी दिएको हो । निगमले पुस मसान्तसम्ममा मात्रै १९ अर्ब २६ करोड घाटा व्यहोरिसकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिका कारण निगमको यस्तो घाटा बढ्दै माघ १७ गतेसम्म थप २ अर्ब घाटा व्यहोर्दै २१ अर्ब ५० करोड घाटा व्यहोर्नुपर्ने जनाएको छ ।

निगमले आगामी दिनमा पेट्रोलियम पदार्थको मूल्यमा केही समायोजन गरिए पनि मासिक ४ अर्ब घाटामै रहने भन्दै तत्काल १२ अर्ब रुपैयाँ आवाश्यक रहेको बताएको हो ।

यस्तै निगमले निरन्तर तेलमा भएको घाटाका कारण हालसम्म सञ्चित भएको बचत रकम सकिएको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै निगमले संचित बचत शून्यको अवस्थामा पुगेको बताएको छ ।

भारतीय आयल कर्पोरेसनलाई ५ दिनपछि भुक्तानीका लागि करिब २ अर्ब रुपैयाँ अपुग हुने भएकाले सो रकम ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने निगमको भनाइ छ ।

निगमले भनेको छ, ‘आउँदा दिनहरुमा केही मूल्य समायोजन गरिए तापनि महिनाको करिब ४ अर्ब रुपैयाँ घाटा रहिरहने देखिएको हुँदा आगामी ३

महिनासम्मका लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाइ राख्न हालको खरिद मूल्यअनुसार निगमलाई १२ अर्ब रुपैयाँको आवश्कता देखिन्छ ।’

निगमका अनुसार चालु आर्थिक वर्षको ६ महिनासम्म जम्मा ३ पटक मात्रै मूल्य समायोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...