यी तरकारीले ओ मि क्रो न सँग ल’ड्नमा मद्दत गर्नसक्ने, प्र ति रो धी क्षमता बलियो हुने

काठमाडौं –

को भि ड–१९ को विभिन्न भेरियन्टबाट जोगिनका लागि विशेषज्ञले म हा मा री को सुरुवातदेखि नै रो ग प्र ति रो धी क्षमता अर्थात् इम्युनिटी बलियो गराउन सल्लाह दिइरहेका छन् ।

प्र ति रो धी क्षमता बढाउनका लागि मानिसहरु विभिन्न प्रकारका उपाय गर्छन् । जस्तै, प्र ति रो धी क्षमता बढाउने काढा पिउँछन्, सुपरफुडको सेवन गर्छन् वा सप्लिमेन्ट लिन्छन् ।

तर हामीले दैनिक सेवन गर्ने केही हरिया सागसब्जीले पनि प्र ति रो धी क्षमता बढाउन सक्छ । हरियो पत्तेदार सागसब्जी धेरैलाई मन नपर्न पनि सक्छ तर यसले नेचुरल इम्युनिटी बुस्टरको काम गर्छ ।

हरियो सागसब्जीमा हरियो रङको क्लोरोफिल हुन्छ जुन संरचनात्मक रुपमा हिमोग्लोबिन समान हो । सब्जीको यो संरचनात्मक रुप रगत बढाउन मद्दत गर्छ जसले प्रतिरोधी क्षमता पनि दुरुस्त हुन्छ । 

यस्तै, हरिया सागसब्जीमा जिंक, आइरन, भिटामिनजस्ता थुप्रै पोषक तत्व र मिनरल पाइन्छन् जसले प्र ति रो धी लाई बलियो बनाउन र विभिन्न प्रकारको

सं क्र म ण रोक्न मद्दत गर्छ । यदि तपाईं पनि आफ्नो प्र ति रो धी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेख गरिएका तरकारीको सेवन गर्न सक्नुुहुन्छ :

ब्रोकलीः

ब्रोकली भिटामिन ए, के, सी, फोलेट र फाइबरले भरिपूर्ण हुन्छ त्यसैले ब्रोकलीले प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ । दैनिक ब्रोकलीको सेवन गर्दा शरीरमा बिटा

क्यारोटिनको मात्रा बढ्ने गर्छ जसले इम्युन सेल्स र क्या न्स र सँग ल’ड्ने कोसिका बढाउनका लागि जिम्मेवार हुन्छ । तरकारी, सुप, काँचै र सलादको रुपमा पनि यसको सेवन गर्न सक्नुहुन्छ । 

पालुङ्गोः

पालुङ्गो भिटामिन सी, ए, जिंक, आइरनले भरपुर हुन्छ तर यसबाहेक यो एन्टीअक्सिडेन्ट र बिटा क्यारोटिनले पनि भरपुर हुन्छ । भिटामिन सी र बिटा क्यारोटिन दुबैले हाम्रो प्रतिरक्षा प्रणालीको सं’क्र’म’णबाट ल’ड्ने क्षमता बढाउन सक्छ,

त्यसैले प्र ति रो धी बढाउनका लागि पालुङ्गोको सेवन गर्नुपर्छ । पालुङ्गोलाई हल्का पकाएर खाँदा बढी फाइदाजनक हुन्छ । पालुङ्गोलाई उसिनेर, तरकारी बनाएर, काँचै वा सलादको रुपमा खान सकिन्छ । 

भेँडेखुर्सानीः

भेँडेखुर्सानी फाइबर, एन्टिअक्सिडेन्ट र भिटामिनसीको निकै राम्रो स्रोत हो । एक कप काटिएको भेँडेखुर्सानीमा १९० मिलिग्राम भिटामिन सी हुन्छ जुन दैनिक

आवश्यक पर्ने भिटामिन सीको आवश्यकताको तीन गुणा बढी हो । त्यसैले भेँडेखुर्सानीलाई तरकारीको रुपमा, पुलाउसँग, सलादको रुपमा खान सकिन्छ । 

गहिरो हरियो रङको पत्तेदार सागसब्जीः

गहिरो हरियो रङको पत्तेदार सागसब्जी एन्टीअक्सिडेन्ट, भिटामिन सीले भरिपूर्ण हुन्छ । साथै, यसमा फ्याटमा घुल्नसक्ने एन्टीअक्सिडेन्ट भिटामिन इ पनि पाइन्छ । त्यसैले यसको सेवनले पनि प्र’ति’रो’धी क्षमतालाई बलियो बनाउन सक्छ । 

काउलीः

काउलीमा अत्यधिक मात्रामा भिटामिन सी, फोलेट, भिटामिन के र फाइबर पाइन्छ । यी सबै पोषक तत्वले इम्युनिटीलाई बलियो बनाउन मद्दत गर्छन् । त्यसैले पनि काउलीको पनि सेवन गर्नुपर्छ । काउली मिठो पनि हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...