शी जिनपिङको यस्तो कडा चे ता व नी, विश्वभर म च्चि यो ह ल च ल !

काठमाडौं –

चीनका राष्ट्रपति सी जिनपिङले विश्वव्यापी द्व न्द्व ले ग म्भी र परिणाम ल्याउन सक्ने चे ता व नी दिएका छन् । उनले को रो ना सं क्र म ण को म हा मा री को सामना गर्न साझा कोशिश गर्नुपर्नेमा पनि जोड दिए ।

वर्ल्ड इकोनोमिक फोरमको भर्चुअल बैठकलाई सोमबार सम्बोधन गर्दै सीले द्व न्द्व ले कुनै पनि स म स्या को समाधान हुन नसक्ने बताए ।स्वीटजरल्याण्डको दाबोस शहरमा आयोजित

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘संरक्षणवाद र मनोमानी ढंगले काम गर्दा कसैको हित हुँदैन । यसले अरुसँगै आफूलाई पनि क्ष ति पुग्छ । हामी म न मु टा व विना नै वार्ताको बाटोमा अघि बढ्नुपर्छ ।’

चीन र अमेरिकाबीच जारी राजनीतिक र आर्थिक द्व न्द्व जारी रहेका बेला सीको यो अभिव्यक्ति सार्वजनिक भएको हो । उनले भनेका छन्- देशहरुबीच ठोस समन्वय स्थापित गर्न जरुरी छ ।

समृद्ध देशको गतिविधिले विकासशील देशलाई क्षति नहोस् । चीन सबैलाई साथ लिएर अघि बढ्नुपर्छ भन्ने नीतिमा विश्वास गर्ने उनले बताएका छन् ।

विश्वको अर्थव्यवस्था अझै ख रा ब हुनबाट रोक्नका लागि आर्थिक नीतिमा राम्रो समन्वय गर्न पनि उनले आह्वान गरेका छन् ।

को रो ना म हा मा री वि रु द्ध को ल डा इँ मा चीनको सफलताको चर्चा गर्दै उनले भनेका छन्-चीन विश्वको एकमात्र यस्तो अर्थव्यवस्था भएको देश हो जसले राम्रो नतिजा दिइरहेको छ ।

चीनको सफलताको उल्लेखः

शी जिनपिङको भाषणको शैली अघिल्लो पटकजस्तै थियो । उनले को रो ना म हा मा री सँग जुध्ने मामिलामा चीनको सफलताबारे उल्लेख गरेका छन् ।

उनका अनुसार चीन संसारको एक्लो यस्तो अर्थव्यवस्था हो जसले बलियो नतिजा दिइरहेको छ । संसारको प्रमुख शक्तिबीच देखिएको कमजोरीतर्फ संकेत गर्दै उनले भविष्यप्रति चे ता व नी दिएका छन् । उनले चीन सबैलाई समेटेर अघि बढ्ने नीतिमा विश्वास गर्ने बताएका छन् ।

उनले चे ता व नी युक्त लवजमा भने, ‘देशबीच ठोस् समन्वय स्थापित गर्न आवश्यक छ र समृद्ध देशले जिम्मेवारी नीतिमाथि अमल गर्नुपर्छ ताकि उनीहरुको गतिविधिका कारण विकासशील देशलाई हानी नहोस् ।’

चीनको जिरो को भि ड पोलिसः

को रो ना म हा मा री को सुरुवातपछि नै चीन जिरो को भि ड नीतिमाथि अमल गरिरहेको छ । यसका सीमा बाहिरी व्यक्तिका लागि बन्द छन् तर पूरा म हा मा री का बेला यो पूरा दुनियाँका लागि उत्पादनको प्रमुख केन्द्र बनेको छ ।

वर्ल्ड इकोनोमिक फोरमलाई सम्बोधन गर्दै शी जिनपिङले संसारले शताब्दीमा एकपटक आउने म हा मा री को वि रु द्ध मा ठूलो मुश्किल ल डा ईं लडेको बताएका छन् ।

तर उनले यो म हा मा री लामो समयसम्म चल्ने पनि बताइन् । भा इ र स को नयाँ भेरियन्ट पहिलाको तुलनामा अत्यधिक तीब्र रुपमा फैलिरहेको र यसले विश्वव्यापी अर्थव्यवस्थामा चु नौ ती गहिरिएको बताए ।

शी जिनपिङले चे ता व नी दिँदै भने, ‘उद्योगका लागि ग्लोबल सप्लाई चेन बाधित भएको छ । मूल्यवृद्धि अत्यधिक छ । ऊर्जाको आपूर्तिमा असर परेको छ ।’

उनले भने, ‘संरक्षणवाद र मनोमानी तरिकाले काम गर्दा कसैको पनि भलाई हुनेवाला छैन । यसले अन्त्यमा अरूका साथसाथै आफूलाई पनि हानी हुनेछ । हामीले कुनै यु द्ध बिना कुराकानीको माध्यमले अघि बढ्नुपर्छ ।’

राष्ट्रपति शी जिनपिङको यो बयान चीन र अमेरिकाबीच चलिरहेको राजनीतिक र व्यापारिक त ना व बीच आएको छ ।

स्विटजरल्याण्डको दावोस शहरमा हरेक वर्ष जनवरीमा हुने वर्ल्ड इकोनोमिक फोरमको यो बैठकमा संसारभरीका व्यापारिक र राजनीतिक व्यक्तित्व एक अर्कासँग काँधमा काँध मिलाएको देख्न पाइन्थ्यो ।

तर को रो ना भा इ र स को ओमिक्रोन भेरियन्टको प्रकोपका कारण लगातार दोस्रोपटक वर्ल्ड इकोनोमिक फोरमको भर्चुअल कन्फरेन्स भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...