बतास को हुन् र किन प्र हा र भइरहेछ ?

काठमाडौं –

५० हजार रुपैयाँमा पोखराको पृथ्वीचोकमा टेलिफोन सेवा सुरु गरेर व्यवसायमा हात हालेका आनन्दराज बतास यतिबेला नेपालका ठूला व्यवसायी मध्येका हुन् ।

अरबौंको लगानी र ११ सय कर्मचारीको रोजगारदाता रहेको बतास समूहका अध्यक्ष हुन् उनी । बतासलाई विगतमा कर्मले चिन्थे ।

तर, नारायणहिटी दरबार संग्राहालयको जग्गा भाडामा लिएको विषयमा उनी वि’वादमा तानिएसँगै चर्चामा पुगेका हुन् । धेरै गा’लीहरु खाए ।

तर, बतास निर्धक्कसँग आफ्ना धारणा बाहिर ल्याइरहेका छन् । व्यवसायिक धर्मको पालनामा कमीकमजोरी सच्याउँदै अगाडि बढ्ने सन्देश दिइरहेका छन् ।

बतास समूहका अध्यक्ष आनन्दराज बतासको व्यवसायिक साम्राज्य नै छ । उनको पर्यटन उद्दोग, मोटर पार्टसको शोरुम, जलविद्युत लगायत विभिन्न क्षेत्रमा लगानी छ । यसबाट ११ सयले रोजगारी पाएका छन् ।

बतासले व्यवसायिक साम्राज्य खडा गर्न निकै संघर्ष गरेका छन् । जतिसुकै चुनौती आउँदा पनि पछि नहटी व्यवसायलाई सफलतातर्फ पुर्याउन सके ।

२०४० सालमा पोखराको गण्डकी बोर्डिङ स्कुलबाट एसएलसी उत्तीर्ण गरेका बतासले कलेज पढ्दा नै व्यवसाय सुरु गरेका थिए । उनले सुरुमा टेलिफोन सेवाबाट व्यवसाय चलाए । पछि होटल व्यवसायमा हात हाले ।

चु’नौतीपूर्ण व्यवसायमा हात हालिहाल्ने उनको शैली थियो । पोखरामा सफल भएपछि उनी अन्यत्र पनि व्यवसायिक साम्राज्यलाई फैलाउन थाले ।

यसरी उनले एकपछि अर्को सफलता हात पार्दै गर्दा वि’वादमा पनि परे । तर, जस्तोसुकै चुनौतीको पनि सामना गर्ने स्वभावका बतास आत्तिएनन् । उनले परिस्थितिको सामना गरे ।

नारायाणहिटीको क्याफ्टेरियामा हात हाल्दा उनले पशुपति धर्मशाला भन्दा पनि सफल बनाउने देखेका थिए । तर, त्यहाँ नागरिकको सेन्टिमेन्ट जोडिएको थियो जसलाई आनन्दराज बतासले स्वीकारेका छन् ।

बतासले कानून बमोजिम प्रक्रिया पुर्याएरै १७ पौष २०७७ मा मासिक २ लाख २१ हजार ६१८ रुपैयाँ भाडा तिर्ने गरी नारायणहिटी दरबार संग्राहालयसँग सम्झौता भएको उल्लेख गरेका छन् ।

गोरखापत्रमा सूचना प्रकाशित गरेर बोलपत्र आव्हान भई दरखास्त दिई बोलपत्र स्वीकृत गरिएको बताएका छन् । तर, नारायणहिटीमा जति क्षेत्र दिइएको हो त्योभन्दा बढी क्षेत्रमा निर्माण गर्न खोज्दा उनी वि’वादमा परे । यसमा उनको कमी कमजोरी देखिएको छ ।

बतासले नारायणहिटीमा गरेको कमजोरीमाथि भन्दा सिधै उनको व्यवसायिक साम्राज्यमाथि नै प्र’हार गर्न थालिएको देखिदैछ । ११ सयलाई रोजगारी दिने व्यवसायीमाथिको प्रहारप्रति उद्दोग वाणिज्य महासंघ देखि आर्थिक क्षेत्रलाई बुझ्नेहरु ग’म्भी’र भएका छन् ।

पशुपति धर्मशालामा उनले बोलपत्रमा रितपूर्वक आवेदन दिई छनोट भई होटल आनन्द प्रा.लि.बाट धर्मशाला सञ्चालन गरिरहेको उल्लेख गरेका छन् ।

धर्मशालाको नियमानुसार शुद्ध शाकाहारी भोजन मात्र गराइन्छ । सनातन धर्मसम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न दिइन्छ । बतासले कतिपय ग’ल्तीहरु गरेका विषयहरु चर्चामा छन् ।

तर, उसमाथि योजनावद्ध तरिकाले प्र’हार गर्दा ११ सय रोजगारहरुको भविष्यको विषय पनि जोडिएको छ । बतासमाथि एक्कासी प्र’हार हुनुमा सरकार परिवर्तनको विषय पनि जोडिएको छ ।

जग्गा लिजमा लिनेहरु हरेक सरकार परिवर्तनहरु राजनीतिक नियुक्तिमा आएकालाई रिझाउन वा’ध्य हुने गरेका छन् । त्यसकारण पनि व्यवसायीमाथि एककासी प्र’हा’र हुनेगर्छ ।

व्यवसायीहरुबाट गोल्डन सेयर लिने योजनाका साथ प्रहार हुने गरेका घटना पनि छन् । रकम लगानी नगरी बार्गेनिङ गरेर सेयर लिने प्रवृत्ति पछिल्लो समय विकास हुँदै गएको छ ।

बतासमाथिको प्र’हारभित्र पनि त्यही उद्देश्य निहित देखिन थालेको छ । बतासले नारायणहिटीमा कमी कमजोरी गर्नुमा नियमनकारी निकायको पनि दो’ष देखिन्छ ।

लिजमा जग्गा दिएपछि त्यसको निगरानी गर्ने निकाय नारायणहिटी संग्राहालय छ । तर, संग्राहालयको भूमिका सकारात्मक नदेखिएको छानविन समितिले बताएको छ ।

पशुपति धर्मशाला होस् या बतासले सञ्चालन गरेका कतिपय उद्दोग व्यवसाय नै किन नहोस् निगरानीको अधिकार जिम्मेवार निकायलाई छ । तर, समयमै निगरानी नगर्ने

कार्यशैलीले पनि विवादास्पद कार्यहरु हुनेगर्दछ । नियमन फितलो हुँदा व्यवसायीले पनि सीमा नाघ्ने, नेता देखि कर्मचारीले व्यक्तिगत लाभ लिन खोज्ने प्रवृत्ति हावी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...