मन्त्रि प्रेम आलेको ठाडो निर्देशन : १३ करोड रोयल्टी नतिरी अमेरीका भाग्न खोज्ने व्यक्ति एयरपोर्टबाटै प क्रा उ

काठमाडौँ – 

नेपाल सरकारलाई १३ करोडभन्दा बढी रोयल्टी नतिरी भा ग्न लागेका क्यासिनो संचालक अमेरिकी नागरिक माइक बोलसोवरलाई त्रिभुवन विमानस्थलस्थित अध्यागमनमा रोकिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनमा रोयल्टी नतिरी भा ग्न लागेका उनलाई अध्यागमनले रोकेको हो ।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले मन्त्रीको निर्देशनपछि आफूले अध्यागमन कार्यालयलाई सूचित गरेर नेपाल छाड्नबाट रोकेको बताए ।

पर्यटन विभागले क्यासिनो संचालन गरेबापत बुझाउनुपर्ने रोयल्टी र नवीकरण शुल्क नबुझाएसम उनलाई नेपाल छाड्न नदिने निर्णय समेत गरिसकेको जानकारी दिए ।

माइकले काठमाडौंको सांग्रिला होटल र बुटवलको टाइगर टप्समा संचालित क्यासिनो संचालकको प्रतिनिधित्व गर्छन् । माइकले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ को २३ कठ्ठा सरकारी जग्गामा टाइगर प्यालेस होटल संचालन गरेका छन् ।

पछिल्लो समय पर्यटनमन्त्री आले र सचिव न्यौपानेले रोयल्टी नबुझाउने क्यासिनो संचालकको तीनपुस्ते विवरण सार्वजनिक गर्दै का र्वा ही अघि बढाएका छन् ।

यो पनि : नेपालले बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने तयारी गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक खोजी गर्ने क्रममा

बेलायतसँग गरेको अनौपचारिक छलफल र शुक्रबार दुई पक्षबीच भएको औपचारिक छलफलबाट बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने समझदारी भएको हो।

नेपालबाट श्रम, परराष्ट्र, कानून मन्त्रालय र चिकित्सा शिक्षा आयोगका प्रतिनिधि तथा बेलायतको स्वास्थ्य विभाग, राष्ट्रिय स्वास्थ्य सेवा र नेपालस्थित दूतावासका अधिकारीहरु सम्मिलित पहिलो बैठकले एक साताभित्र श्रम सम्झौता (एमओयू)को मस्यौदा तयार गर्ने सहमति जुटेको छ।

नेपाल र बेलायतबीच सरकारी स्तर (जीटूजी)बाट मात्र नेपाली नर्स रोजगारीका लागि बेलायत पठाउने सहमति भएको छ।

नेपालका नर्सिङ कलेजको क्षमता बढाउन बेलायत सरकारले सहयोग गर्नेछ भने छात्रवृत्ति दिएर नेपालमा नर्स उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता पनि बेलायत सरकारले जनाएको छ।

रोजगार सम्झौताको अवधि पाँच वर्षको हुने नेपालले प्रस्ताव गरेको छ। रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनुपर्दैन। छनोट भएका नर्सले बेलायत गएपछि बेलायतको स्वास्थ्य काउन्सिलले लिने परीक्षा उत्तीर्ण गर्नुपर्नेछ।

उक्त अवधिमा पनि सहायक नर्सको रुपमा रोजगारी भने सुनिश्चित हुनेछ। रोजगारदाता र कामदार स्रोत मुलुकबीचको श्रम सम्झौतालाई आप्रवासी कामदारको हित सुनिश्चित गर्ने प्रभावकारी उपाय मानिन्छ।

बेलायतसँग हुने श्रम सम्झौता ऐतिहासिक उपलब्धि हो। मन्त्री श्रेष्ठले युरोपका उच्च आय हुने मुलुकहरुसँग पनि श्रम सम्झौता गरी नेपाली श्रमिक पठाइने बताए।

श्रम सम्झौतापछि न्यूनतम पारिश्रमिक, औषधि उपचार, बीमा, सुरक्षासहितका कानूनी सुरक्षाको प्रत्याभूति हुनेछ। गन्तव्य मुलुकमा श्रमिकको आर्थिक, भौतिक तथा सामाजिक सुरक्षाको ग्यारेन्टी श्रम सम्झौतामार्फत् गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...