काठमाडौं –
बतास अर्गनाइजेशनले आफूसँगको सम्झौता र द्द गर्न सरकार स्वतन्त्र रहेको बताएको छ ।
ठूला योजनाको काम गरिरहेको बतासले पछिल्लो समय आ’लो’च’ना खेपीरहेको अवस्थामा उसले एक विज्ञप्ति जारी गर्दै सरकार आफूसँग कानुनी रुपमा गरेका सम्झैताहरु र द्द गर्न स्वतन्त्र रहेको बताएको छ ।
तर सम्झैता र द्द गर्दा आफ्नो लगानी र त्यसका उचित क्षतिपूर्ति दिनुपर्ने बताएको छ । यदी सम्पूर्ण क्षतिपूर्ति दिएर आजकै मितिबाट सरकारले सम्झैता र द्द गर्छ भने आफूहरुलाई कुनै आपत्ति नहुने बतासले बिज्ञप्तिमा जनाएको छ ।
‘बतास अर्गनाइजेसनले कानुनसम्मत रूपमा भाडामा लिएर सञ्चालन गरेका सम्पूर्ण व्यावसायिक सम्झौताहरू कानुन बमोजिम र द्द गर्न नेपाल सरकार स्वतन्त्र छ’, विज्ञप्तिमा लेखिएको छ,
‘त्यसैले बतास अर्गनाइजेसनले गरेको लगानी र त्यसको उचित क्षतिपूर्ति सहित आजकै मितिमा यदि सरकारले सम्पूर्ण सम्झौताहरू एकमुष्ठ खारेज गर्छ भने पनि हामीलाई कुनै आपत्ति छैन,’ बिज्ञप्तिमा भनिएको छ ।
बतास अर्गनाइजेशन इमान्दारीता, नैतिकता र आचरणमा सम्झौता नगर्ने संस्था भएको पनि दावी गरिएको छ । बिज्ञप्तिमा बचनमा पक्क हाम्रो
प्रतिबद्धता रहेको भन्दै उसले जे भन्ने सत्य भन्ने र जे गरेको हो त्यो स्वीकार गर्ने संस्था बतास अर्गनाइजेशन भएको भनिएको छ ।
विभिन्न समाचार माध्यमहरुमा प्रकाशित प्रसारित समाचारहरु अनर्गन, आफूहरुलाई खल पात्रका रुपमा प्रमाण्ति गराउन आएको भन्दै त्यसप्रति आपत्तिसमेत जनाइएको छ ।
आम नेपाली नागरिकहरुले गलत समाचार प्राप्त गरेको भन्दै बतासले दुख अनुभूत भइरहेकोसमेत बताएको छ । समाचार प्रकाशन प्रसारण गर्नुअघि
कुनैपनि समाचार माध्यमहरुले आफूहरुसँग उक्त विषयमा सोधखोजन नगरीकन एकतर्फी समाचर लेखिएको भन्दै बतासले असन्तुष्टिसमेत जनाएको छ ।
उसले बिज्ञप्तिमार्फत विवादित प्रत्येक योजनाहरुका बारेका प्रष्ट पार्ने प्रयाससमेत गरेको छ । खासगरी नारायणहिटी दरबार संग्राहलयमा रेष्टुरेन्ट बनाउन दिएको विषयले बतासलाई विवादमा ल्याएको हो ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले संग्राहलयमा बतास कम्पनीले ठेक्का पाएर निर्माण गरिरहेको रेष्टुरेन्टका काम रोक्न र बनेका संसचना भत्काउन निर्देशन दिएपछि त्यहाँको संसचना भत्काइएको छ ।
यस्तै बतास अर्गनाइजेशनले समाचार माध्यमहरुप्रति गुनासो पोखेको छ । आज एक बिज्ञप्ति निकाल्दै बतासले समाजमा सत्य तथ्य समाचार पस्केर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा भ्रामक समाचाररु प्रकाशन र प्रशारण गरेको भन्दै गुनासो गरेको हो ।
बतासले निकालेको बिज्ञप्तिमा एक हप्ता अघिबाट विभिन्न समाचार माध्यमहरु विद्युतिय, छापा, अनलाईन र टेलिभिजनहरुले आफ्ना बारेमा प्रकाशन र प्रशारण गरिरहेको साचारहरु एकतफी भएको बताएको छ ।
‘हाम्राबारे जे जस्ता एकांगी, मनोगत, भ्रामक, कपोकल्पित समाचारहरु प्रकाशित भएका छन् । ती विषयमा हालसम्म अर्गनाइजेशनका कुनैपनि जिम्मेवार
व्यक्तिलाई आधिकारिक रुपमा गरेर सत्य तथ्य बुझ्ने प्रयत्न ती सञ्चार माध्यमहरुले नगरेको हुनाले बिज्ञप्तिमार्फत तथ्य सार्वजनिक गर्नुपरेको हो,’ बिज्ञप्तिमा भनिएको छ ।





















