पर्यटनमन्त्री आले चढेको गाडी दुर्घटना, आलेलाई महेन्द्रनगर पुर्याइयो

धनगढी –

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले सवार गाडी दु र्घ ट ना मा परेकाे छ ।

मंगलबार धनगढीबाट महेन्द्रनगरतर्फ जादै गर्दा आले सवार सुदूरपश्चिमकाे भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयकाे सुप प्र ०१००१ झ ३३३ गाडी विपरीत दिशाबाट आइरहेको बा ४ च १३७७ काे गाडीसँग ठाे क्कि दा दु र्घ ट ना भएकाे प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरिक्षक वकिल सिंहले दु र्घ ट ना मा कुनै मानवीय क्षति नभएकाे जानकारी दिए । उनका अनुसार मन्त्री आले महेन्द्रनगरमा आयाेजना हुने कार्यक्रममा सहभागी हुन अर्काे गाडी चढेर त्यसतर्फ गइसकेका छन् ।

गाडी लाइ ठ क्क र दिएर अनियंत्रित भएको कारले मन्त्रीको गाडीलाई पनि ठ क्क र दिएको प्रहरीले बताएको छ। मन्त्री सवार गाडी दु र्घ ट ना मा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगर गएका छन्।

ठ क्क र दिने गाडिमा सवार सबै सकुसल रहेको जनाइएको छ। गाडी चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

म्बन्धित समाचारः- नारायणहिटीमा बतास समूह छिर्न खोजेको प्रकरणमा नयाँ ट्वीटस्ट आएको छ । दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका हुन्।

नारायणहिटी परिसरको क्यान्टिन भाडामा लगाउँदा विवादमा तानिएका दाहालले मंगलबार पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई राजीनामा बुझाएका हुन्।

तर, दाहालले राजीनामा बुझाएको औपचारिक जानकारी न्यौपानेले दिएका छैनन्। मन्त्री प्रेम आलेले भने दाहालले राजीनामा दिएको पुष्टि गरे। ‘उहाँले राजीनामा दिनुभएको छ, राजीनामामा मलाई पनि बोदार्थ दिइएको रहेछ,’ मन्त्री आलेले भने।

‘संग्रहालयको बोर्डले २०७६ फागुन १९ गते तत्कालीन संस्कृति सचिव तथा समितिका अध्यक्ष केदारबहादुर अधिकारीको अध्यक्षतामा बसेको समितिको निर्णयनुसार संग्रहालयमा रहेको

क्याफ्टेरिया भाडामा दिन प्राविधिक र आर्थिक प्रस्ताव माग गरी टेण्डर प्रक्रियाबाट बोलपत्र आह्वान गरी दररेट निर्धारण समेत गरी तीन वर्षको अवधिको लागि भाडामा दिइएको हो,’ राजीनामा पत्रमा उनले भनेका छन्।

त्यस्तै, क्याफ्टेरिया वरिपरिको क्षेत्रहरूमा वातावरण सुधार गरी सौन्दर्यीकरण गरी हावाहुरीबाट बचाउन आवश्यक परेमा अस्थायी संरचना निर्माण गर्न सक्ने पनि शर्तमा उल्लेख भएको उनले भनेका छन्।

तर बतासले संग्रहालयसँग कुनै समन्वय नगरी वातावरणीय सुधारका लागि तोकिएको क्षेत्रमा आफूखुसी अस्थायी संरचना निर्माण गरेको आरोप लगाए। त्यस्तै, मौखिक रूपमा संग्रहालयको स्वीकृतिबिना किन निर्माण गरिएको भन्ने प्रश्न सोध्दा समेत अटेर गरिएको उनले पत्रमा उल्लेख गरेका छन्।

दाहाल नारायणहिटी दरबार संग्रहालय विकास समितिमा २०७६ साल पुसमा नियुक्त भएका थिए। तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले पुरातत्व विभागबाट रिटायर्ड भएका सहसचिव दाहाललाई कार्यकारी निर्देशक नियुक्त गरेका थिए।

दाहाल नारायणहिटी प्रवेशपछि बतास समूहलाई क्यान्टिन भाडामा लगाइएको थियो। तर, बतासले क्यान्टिनसँगै राजाहरूले प्रयोग गर्ने बंकर र वरिपरिको १४ रोपनी जग्गामा भौतिक संरचना बनाएपछि पर्यटन मन्त्रालयले छानबिन समिति गठन गरेको थियो।

छानबिन समितिले सोमबार प्रतिवेदन दिँदै दाहालको कमजोरी औंल्याएको थियो। त्यसको भोलिपल्ट दाहालले राजीनामा दिएका हुन्।

पर्यटनमन्त्री आलेले यो प्रकरण ‘कास्टिङ’ मात्रै रहेको बताउँदै पूरा फिल्म आउन बाँकी रहेको बताए। दाहालको राजीनामा पछि अब केके हुने हो भनेर सबैको नजर पर्यटनमन्त्री आलेतिर मोडिएको छ ।

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक दाहालले दिएको राजीनामा स्वीकृत भएको छ ।

उनले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएको र उनको राजीनामा आजै स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिएका छन् ।

उनले भने,“कार्यकारी निर्देशक दाहालले राजीनामा दिएको थियो, उनको राजीनामा स्वीकृत भएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...