सरकारलाई चुनौति दिदै राप्रपाले चाले यस्तो कदम, सरकार हेरेको हेर्याई !

काठमाडौं –

गृह मन्त्रालयले एक नोटिस जारी गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने भनेको छ । को भि ड म हा मा री तीव्र बढेपछि रोकथाम र न्यूनीकरणका लागि गृहले

देशभर सर्कुलर गरेको हो । तर गृह मन्त्रालयको सूचना आदेश जारी भएको ३६ घन्टा बित्न नपाउँदै राज्य र नागरिक स्तरमै त्यसको उ ल्लं घ न गरिएको छ ।

पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार काठमाडौंको भद्रकालीदेखि सिंहदरबारसम्मको सडकमा मानिसको बाक्लो भिड देख्न सकिन्छ ।

सरकारले सार्वजनिक बिदा नदिए पनि स्वतस्फूर्त ढंगले राष्ट्रिय एकता दिवस मनाउन थालिएको छ । सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा चढाउने र माल्यार्पण गर्नेको भिड लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पगुच्छा चढाएर फर्केलगत्तै

पूर्वराजा ज्ञानेन्द्र शाह माल्यार्पणका लागि पुगेका थिए । त्यसबेला सयौंको भिड लागेको थियो । उनका समर्थकले नाराबाजी गरेका थिए । पृथ्वी जयन्तीको अवसर पारेर राप्रपाले भृकुटीमण्डपमा कोणसभा आयोजना गरेको छ ।

त्यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन हजारौंको जुलुस लिएर पृथ्वीनारायण शाहको सालिकमा फूलमाला चढाउन पुगेका थिए । सबैले स्वास्थ्य सतर्कता पालना गरेको देखिएन ।

सिंहदरबार अगाडिको पृथ्वी सालिक सामुन्ने उभिएर राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘पृथ्वीनारायण शाहले नेपाल निर्माण नगर्नु भएको भए विद्यादेवी भण्डारी कुन देशको राष्ट्रपति र शेरबहादुर देउवा कहाँको प्रधानमन्त्री हुनुहुन्थ्यो ?’ 

यो पनि : को भि ड सं क्र म ण नियन्त्रणका लागि सरकारले प्रतिब’न्धात्मक नियमहरु लागूगरेको पहिलो दिनमै वीरगन्जमा सरकारको निर्देशन उल्लंघन गरी राजनीतिक दलहरुले भिडभाड जम्मा पारेर प्रदर्शन र कार्यक्रम गरेका छन्। 

एकै स्थानमा सयौंको संख्यामा भिड जम्मा पारेर गरिएका प्रदर्शन र कार्यक्रमले वीरगन्जमा को रो ना को सं क्र म ण अझ तिव्र गतिमा फैलने जो खी म बढाएको भन्दै चिकित्सकहरुले चि न्ता व्यक्त गरेका छन्। 

को रो ना सं क्र म ण तीव्र रुपमा फैलिइरहेको अवस्थालाई मध्यनजर गर्दै सोमबार साँझ गृह मन्त्रालयले मङगलबार देखि सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनबाट रोक्ने निर्णय गरेको थियो। 

यस्तै सार्वजनिक स्थलमा हुने सबै प्रकारका भेलाहरुमा प्रति’बन्ध लगाउन पनि मातहतलाई पत्राचार गरेको थियो। राजनीतिकसँगै प्रशासनिक, सामाजिक कुनै पनि प्रकारका कार्यक्रम नगर्न पनि गृहले पत्राचार गरेको थियो।

तर गृह मन्त्रालयको निर्देशनलाइ अटेर गर्दै मङगलबार वीरगन्जमा काँग्रेस, एमाले, राप्रपा लगायतका दलले भिडभाड जम्मा पारेर प्रदर्शन, जिल्ला अधिवेशन सहितका कार्यक्रम गरेका हुन्। 

वीरगन्जलाई प्रदेश २ को स्थायी राजधानी बनाउन माग गर्दै काँग्रेसले मङगलबार नगरमा बृहत जुलुश प्रदर्शनका साथै कोणसभा गरेको हो। घण्टाघर चोकबाट सुरु भएको काँग्रेसको जुलुशमा ५ सयभन्दा बढी नेता कार्यकर्ताहरु सहभागी थिए । नगर परिक्रमा पछि जुलुश पुनः घण्टाघरमै फर्किएर कोणसभामा परिणत भएको थियो।

काँग्रेसका युवा नेता राकेश यादवले भने पूर्वनिर्धारित कार्यक्रम भएकाले स्थगीत गर्न नमिलेको बताए। यद्यपि कारण स्वास्थ्य सुरक्षाको सबै मापदण्ड अपनाएर कार्यक्रम गरिएको तर्क उनले दिए।  

यस्तै मङगलबार नै वीरगन्जमा एमालेले पनि आठौं जिल्ला अधिवेशन आयोजना गरेको छ। नगरसभागृहमा दुई दिनसम्म चल्ने जिल्ला अधिवेशनमा ७ सय प्रतिनिधिका साथै जिल्लाका नेता कार्यकर्ताहरु पनि सहभागी छन्।

नेकपा एमाले वीरगन्ज महानगरका उपाध्यक्ष महेश दासले पनि पूर्वनिर्धारित कार्यक्रम भएकाले जिल्ला अधिवेशन स्थगीत गर्न नसकिएको बताए। स्वास्थ्य सुरक्षाको सबै मापदण्ड र सावधानी अपनाएर जिल्ल्ला अधिवेशन गरिएको भन्दै उनले भने,‘अधिवेशन स्थल नगरसभागृहमा प्रतिनिधीहरुलाइ मात्रै राखेर उद्घाटन र बन्दसत्र गरेका छौ, अरु कार्यकर्तालाइ हामीले बोलाएका छैनौ। 

यसैगरी मङगलबार नै वीरगन्जमा पृथ्वी जयन्तिको अवसरमा राप्रपाले निकालेको र्यालीमा सयौंको संख्यामा नेता कार्यकर्ताहरु सहभागी थिए भने नेपाल राष्ट्रवाद संघ पर्साले निकालेको झाँकी सहितको र्यालीमा पनि झण्डै २ सय  जना सहभागी थिए । 

सोमबारको मन्त्रीस्तरीय निर्णय अनुसार गृहमन्त्रालयले जारी गरेका प्रतिब’न्धात्मक नियमहरु कार्यान्वयन गर्न र गराउन मातहतको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाइ पत्रकार गर्दै निर्देशन नै दिएको छ। 

तर वीरगन्जमा मङगलबार राजनीतिक दलहरुले सयौंको संख्यामा भिडभाड जम्मा पारेर प्रदर्शन र कार्यक्रम गर्दा पनि स्थानीय प्रशासन र प्रहरी भने मुकदर्शक बनेका थिए। 

प्रदर्शन र कार्यक्रम रोक्न दलहरुलाइ आग्रह गर्नुका सट्टा प्रहरीले उल्टै कार्यक्रम व्यवस्थापनमा खटिएका थिए। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले भने गृह मन्त्रालयको निर्देशन बुधबारदेखि मात्रै कार्यान्वयन गर्ने बताए। 

मङगलवार साँझ अन्नपूर्णपोष्टकर्मीसंगको कुराकानीमा पौडेलले भने,‘यहि विषयमा अहिले बैठक बस्यो, गृहले जारी गरेका नियमहरु बुधबारदेखि कार्यान्वयन गर्ने र गराउने काम हुन्छ। 

यता चिकित्कसहरुले भने वीरगन्जमा सं’क्र’म’ण समुदायस्तरमै फैलिसकेको अवस्थामा भिडभाड गरेर भइरहेका प्रदर्शन र कार्यक्रमले संक्र’मण अझ तिव्र गतिमा फैलने जोखीम बढाएको बताए। 

वीरगन्जको नारायणी अस्पतालका को’भि’ड संयोजक डाक्टर उदयनारायण सिंहले भने,‘वीरगन्जमा सं’क्र’म’ण अबको ३÷४ दिनमै नियन्त्रण बाहिर जाने संकेत देखिसकेको छ, तर पनि सरोकारवाला निकाय गम्भिरता देखाएको छैन्। यो ला’परवा’हीले वीरगन्ज फेरि पहिलो र दोश्रो लहरको जस्तै हटस्पट बन्ने खतरा देखिएको उनले बताए। 

दोश्रो लहरपछि को’रो’ना सं’क्र’म’ण शून्य अवस्थामा पुगि सकेको वीरगन्जमा सोमबार एकै दिन परिक्षण गरिएका ५८ मध्ये २२ जनामा अर्थात ३९ प्रतिशतमा सं’क्र’म’ण पुष्टि भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...