काठमाडौं –
को भि ड १९ सं क्र म ण जो खि म ले उपत्यकाका प्रशासनले थप कडाइ गरेका छन् ।
मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ‘स्मार्ट लकडाउन’ सहित कडाइ गर्ने निर्णय गरेको हो । ललितपुरका सीडीओ घनश्याम उपाध्यायले सीसीएमसीसी र
गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको बताए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचनाअनुसार सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गर्ने, साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने उल्लेख छ ।
यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ सम्म विद्यालय गर्ने लगायत निर्णय भएको छ ।
यही निर्णयलाई ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि लागू गरेका छन् ।
आदेश मंगलबार राति १२ बजेदेखि लागू हुने काठमाडौं प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ । प्रशासनले १८ वटा बुँदामा आदेश जारी गरेको छ।
घर बाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात हुने लगायत स्वास्थ्य मापदण्डको पालना गर्न आदेश गरेको छ ।
राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधिहरू सञ्चालन गर्दा पनि मापदण्डको पालना गर्न भनिएको छ।
सार्वजनिक ठाउँमा राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक कार्यक्रम नथर्न पनि भनिएको छ। आत्यावश्यक कार्यक्रमको हकमा प्रशासनको अनुमति लिएर गर्ने व्वस्था मिलाउन सकिने प्रशासनले जनाएको छ।
को भि ड-१९ सं क ट व्यवस्थापन केन्द्र सिसिएमसीले गरेको सिफारिस अनुसार सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी मानिसको उपस्थिति हुनेगरी मेला कार्यक्रम नगर्न भनेको छ।
माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य समेत गरिएको छ। यसमा मोबाइलमा फोटोमात्रै भएपनि हुने प्रशासनले भनेको छ।
हेर्नुहोस जारी आदेश :























