काठमाडौं –
को भि ड १९ को तेस्रो लहर सुरु भइसकेको छ, सरकारले भन्नमात्र बाँकी छ । मानिसहरूले बढी उपस्थिति जनाउने भेला, उत्सव, समारोहले को रो ना सं क्र म ण लाई ह्वात्तै बढाउँछ ।
चाहे ओमिक्रोन होस्, चाहे डेल्टा होस्, चाहे सुरुको होस्, जुनसुकै भेरियन्ट भए पनि जुलुस, भीड, बिहे–ब्रतबन्ध, भोज, महाधिवेशन यी सबै गतिविधिले सं क्र म ण दरलाई बढाउँछ ।
हामीले अहिले जे गरिरहेका छौँ, त्यसले हामी सजग भइरहेका छैनौँ भन्ने देखाउँछ । हामीले यस अगाडिको भयावह अवस्थाबाट अझै पाठ सिकेनौँ । गत वर्ष त्यति ठूलो म हा मा री हुँदा, दिनमै २ सयदेखि २५० जनासम्म मानिस मर्दा पनि अहिले हामी छिटै त्यो अवस्थालाई बिर्सिँदा रहेछौँ ।
स्वास्थ्य मन्त्रालयले २४ जनामा ओमिक्रोन देखिएको बताएको छ, त्यो संख्या धेरै बढिसक्यो होला । शहरी क्षेत्रमा यति धेरै भिडभाड छ, त्यो संख्या बढ्दै जान्छ । सबै मानिसमा परीक्षण गर्ने हो भने यहाँ हजारौंंमा पोजेटिभ आउन सक्छ ।
काठमाडौंमा यति बाक्लो र ठूलो जनसंख्या छ, धेरै जनसंख्यामा सं क्र म ण फैलिन सक्छ । अहिले प्रशस्त मात्रामा अस्पतालमा सं क्र मि त हरु थपिन थालेका छन् । आइसियूमा भर्ना हुनेको संख्या बढेको छ । लक्षण भएका सं क्र मि त हरुको संख्या पनि बढिरहेको छ ।
अहिले बढ्दै गएको सं क्र म ण रोक्नका लागि मुख्यतः दुईवटा काम गर्नुपर्छ । पहिलो काम– देश बाहिरबाट आउनेहरुलाई क्वारेन्टिनमा राख्नुपर्छ । होम क्वारेन्टिन सम्भव छ भने होम क्वारेन्टिन,
यो सम्भव छैन भने संस्थागत क्वारेन्टिन, होटल हुन सक्ला, सामुदायिक सेन्टर हुन सक्ला । त्यस्ता क्वारेन्टिनहरुमा राख्नुपर्छ । जो पोजेटिभ आउँछ, उसलाई आइसोलेशन सेन्टरमा राख्नुपर्छ ।
अर्को विधि भनेको भिडभाड हुने कुरा अब तुरुन्त बन्द गर्नुपर्छ । अहिलेका लागि स्कुल कलेजहरु बन्द गर्नुपर्छ । मान्छेहरु यति जनाभन्दा धेरै जम्मा हुन नहुने भनेर सरकारले भन्नुपर्छ । यी कुरा सरकारले तय गर्नुप¥यो । भिडभाड हुने खालका सबै गतिविधि तत्काल बन्द गर्नुपर्छ ।
भिडभाड हुने काम राजनीतिक दलले गरेको भनेर छोड्नुहुँदैन । स्कुल कलेजले गरेको भनेर छोड्नुहुँदैन । बिहे, ब्रतबन्ध, भोज भनेर छोड्नुहुँदैन । हामीले अहिले यति गरेनौं भने भोलि संक्रमणको अवस्था खराब दिशातर्फ जानेछ ।
तेस्रो रोकथामको विधि भनेको जहाँ पोजेटिभ भेटिन्छ, त्यहाँ कट्क्याक्ट ट्रेसिङ गर्नुपर्छ । जस्तो महाधिवेशनमा सहभागी माओवादी नेताहरु सं क्र मि त भए भने त्यो भेलामा सहभागी भएका सबै मानिसको टेष्ट गर्नुपर्छ । त्यसो गरिएन भने उसले अर्कोलाई सार्छ । दुई, चार, आठ, सोह्र, बत्तीस, चौसठ्ठी हुँदै यो सं क्र म ण सर्ने भएकोले जो पोजेटिभ छ,
उसलाई छुट्टै राखिहाल्नुपर्छ । टेस्टिङ, आइसोलेशन र क्वारेन्टिन यी तीनवटा विषयलाई एकदमै जोड दिनुपर्छ । कोभिड संक्रमण सुरु भएका बेला यी कुरा व्यवस्थित ढंगले भएको थियो । पोहोरको वर्ष मान्छे क्वारेन्टिनमा बसेका कारण सं क्र म ण सार्नबाट रोकिएको थियो ।
गत वर्ष हामीले प्रभावकारी ढंगले व्यवस्थापन गर्न सकेनौँ । हामीले नेपालको सीमा क्षेत्रमा होल्डिङ स्थल बनाउने भनेर जिम्मा दिएका थियौं । २ अर्ब १४ करोड रुपैयाँमा त्यो बनाउने भनिएको थियो ।
त्यो पनि ७ प्रदेश र एउटा केन्द्रमा गरेर ८ हजार क्षमताको होल्डिङ सेन्टर बनाउने भनेको अहिलेसम्म पनि पूरा भएको रहेनछ । सरकारको होल्डिङ सेन्टर तयार छैन भने होटल हुन्छ कि कहाँ हुन्छ त्यो व्यवस्थापन गरिहाल्नुपर्छ ।
को भि ड सं क्र मि त का लागि अस्पतालले गर्ने कुरा धेरै छैनन् किनभने को भि ड १९ को कुनै उपचार छैन । मान्छे बि रा मी भयो, अस्पताल भर्ना भयो भने उसका लागि सहयोगी उपचार गर्ने हो । अक्सिजन पुगेन भने अक्सिजन दिने हो । थप अरु सं क्र म ण हुन नदिने हो ।
आइसियू, भेन्टिलेटर चाहिनेहरुलाई त्यसको सुविधा बढाउनुपर्छ । परार सालको भन्दा यसपटक यो सुविधा झन्डै ३ गुणाले व्यवस्थापन भएको छ । गत वर्ष अक्सिजनको सुविधा थिएन, अहिले सत्र÷अठार ठाउँमा प्लान्ट नै स्थापना भएको छ । अस्पतालहरुको क्षमता बढेको छ ।
अस्पतालहरुमा स्वास्थ्यकर्मीको जनशक्ति बढाउनुपर्छ । अस्पतालका लागि चाहिने कमोडिटिजहरु, स्वास्थ्य उपकरण, सामानहरु, औषधिहरुको व्यवस्था गर्नुपर्छ । अस्पतालले जति गरे पनि धेरै संख्यामा सं क्र म ण भयो भने अस्पतालको उपचारले मात्र मान्छे बचाउन सक्दैन ।
को भि ड सं क्र म ण रोक्नका लागि अब सबै संयन्त्रहरुलाई परिचालन गर्नुपर्छ । यो सरकार, स्वास्थ्यकर्मी, आम नागरिकको साझा सम स्या हो । यसलाई रोकथाम तथा नियन्त्रणका लागि सबैको जिम्मेवारी उत्तिकै छ ।
उसले गर्दा हुन्छ भनेर कसैले पन्छिएर हुँदैन, यसबिरुद्ध सबै पक्ष मिलेर जानुपर्छ । संयुक्त प्रयत्न गर्नुपर्छ अनिमात्र को भि ड को लडाई जित्न सकिन्छ, हैन भने धेरै मान्छे फेरि पनि सं क्र मि त हुने, मृत्युको जोखिममा पुग्ने ख त रा हुन्छ ।
अहिले सुरु भएको को रो ना को तेस्रो लहर घट्दैन यो बढ्दो क्रममा रहेको छ । यो बढिसकेको छ, सरकारले भन्न त बाँकी छ । सरकारले तेस्रो लहर आउन सक्छ भनिरहेको छ तर एउटा ब्यक्तिको हिसावले मैले भन्दाखेरी तेस्रो लहर सुरु भइसक्यो । रातोपाटीबाट





















