टोपबहादुर रायमाझीले गरे ओलीको मदन भण्डारीसँग तुलना

काठमाडौ 

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले एमाले अध्यक्ष ओलीलाई मदन भण्डारीसँग तुलना गरेका छन् । एमाले अर्घाखाँचीको जिल्ला अधिवेशनको उद्घाटन पूर्व उपप्रधानमन्त्री समेत

रहेका नेता रायमाझीले धेरै व्यक्तिहरूले एमालेको नेतृत्व गरेका भए पनि कि त मदन भण्डारीको चर्चा भएको र कि केपी ओलीको मात्र चर्चा भएको भन्दै केपी ओलीलाई मदन भण्डारीसँग तुलना गरेका हुन् । 

‘केपी ओली लामो समय जेल बस्नुभयो,’ नेता रामाझीले भने, ‘पछि जेलबाट निस्किए पनि मूल नेतृत्वमा रहनुभएन । तर, चर्चा मदन भण्डारीको छ कि केपी ओलीकै छ ।’

नेता रायमाझीले प्रमुख प्रतिपक्षीका विरुद्ध आम गठबन्धन बन्नु सत्ताधारीको हारको उपज भएको बताए । काँग्रेस महाधिवेशनमा समेत ओलीको पक्षमा नाराबाजी भएको भन्दै

रायमाझीले एमालेविरुद्ध चौतर्फी घेराबन्दी भए पनि आफूहरू ठिक ठाउँमा रहेको दाबी गरे । ‘सत्तापक्षीय पार्टीको अधिवेशन छ,’ नेता रायमाझीले भने, ‘तर चर्चा ओलीकै हुन्छ, भनेपछि देश एमालेकै वरिपरि घुमिरहेको छ ।’ 

यस्तै एमाले सचिव टोपबहादुर रायमाझीले ५ दलीय गठबन्धन गरेर पुष्पकमल दाहालले कम्युनिस्टको नाममा अराजनीतिक तथा राजनीतिक रुपमा अपराधीपूर्ण काम गरेको आरोप लगाए ।

उनले ओरालो लाग्दै गरेको माओवादी केन्द्र र त्यसका अध्यक्ष दाहाल कांग्रेसको पुच्छर भएर लागेको पनि आरोप लगाए । एमाले अर्घाखाँचीको ८ औं जिल्ला

अधिवेशनलाई उदघाट्न गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीले चुनावमा सूर्य र हसिया हथौडामा भोट मागेर अहिले दाहाल कांग्रेसको पुच्छर भएर लागेर ठूलो भुल गरेको बताए ।

‘माओवादी केन्द्र र दाहाल अब मोहनविक्रम सिंह जस्तै हुन थाले, त्यसैले म केपी ओलीतिर लागेको हुँ,’ रायमाझीले भने, ‘दाहाल कम्युनिस्ट राजनीतिक रुपमा बेइमान हुन् ।

माधव नेपाल र दाहाल तुहिनेवाला छन्, उनीहरू विसर्जनको बाटोतिर छन् ।’ दाहाल र नेपाल कम्युनिस्ट पार्टीको नीति, सिद्धान्त छाडेर कांग्रेसतिर लागेकाले उनीहरूको पछि लाग्ने नेता कार्यकर्ताको भविष्य नभएको उनको तर्क छ ।

माओवादी केन्द्रका जिल्ला नेता राजेन्द्र जिसी एमालेमा प्रवेश गरेपछि रायमाझीले अर्घाखाँची माओवादीका सयौं नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराएर माओवादीलाई शून्यमा झारिने उनले चेतावनी दिए ।

‘राष्ट्रियसभा चुनावमा हामी हार्दैछौं,’ उनले भने, ‘एमालेसँग एक्लै भिड्ने हैसियत नभएपछि ५ दलीय गठबन्धन गरेका छन् । हामी हारे पनि जितेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...