ओलीको प्रश्न : निर्मला पन्तको विषयमा सरकार अहिले किन मौन छ ?

काठमाडौ 

नेकपा एमाले अध्यक्ष केपी ओलीले ब’ला’त्का’र पछि ह त्या भएकी कञ्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् । 

काठमाडौंको मूलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै अहिले देउवा सरकार किन मौन भन्दै प्रश्न गरे । 

‘हामी सरकारमा हुँदा निर्मला निर्मला भनेर अनुसन्धानमा अवरोध गरेका थिए, प्रहरीलाई अनुसन्धानमा व्यवधान गरे’, उनले भने, अहिले कांग्रेसको नेतृत्वको सरकार किन मौन बसेको छ ।’  ११ साउन २०७५ मा ब’ला’त्का’र पछि ह त्या गरिएको अवस्थामा निर्मला फेला परेकी थिइन् । 

यो पनि : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीले सोचे अनुसारको परिणाम हासिल गर्न नसक्ने स्वीकार गर्दै यसबाट आत्तिन भने जरुरी नरहेको प्रस्ट पारेका छन् ।

पार्टीको जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले संसदीय संघर्षको मैदानमा एमालेमाथि गर्न सक्ने हा’निकारक प्रहारको अन्तिम किस्ता नै यो राष्ट्रियसभाको निर्वाचन हुने बताए ।

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको परिणाम एमालेका लागि अलि प्रतिकुल आउन सक्ने भन्दै उनले त्यो आजको जनमत र आजको यथार्थ नहुने पनि बताए ।

उनले भने, ‘साढे चार वर्ष अघि जनमत ल्याउँदा विभिन्न पक्षलाई सन्तुलन मिलाएर, विभिन्न प्रकारका व्यवस्थापनका नाममा त्यसलाई सम्बोधन गर्ने नाउँमा सीट बाँडेका थियौं ।’

अहिले कम्युनिस्ट आन्दोलनलाई भित्रैबाट सखाप पार्न केही तत्व लागेको र पुरानो जनमतलाई समेटेर गठबन्धन बनाएको भरमा एमालेसँग उनीहरुले प्रतिस्पर्धा गरिरहेको ओलीको भनाइ थियो ।

‘अहिले पनि हामी एक्लै अरु पार्टी भन्दा मजबुत छौं । हिजोको जनमत र हिजोको परिस्थिति दुरुपयोग गरेर प्रतिकुल परिणाम आउन सक्छ,’ उनले भने, ‘तर त्यो आजको जनमत, आजको यथार्थ होइन ।

यसमा हाम्रो सकारात्मक परिणाम आएन भनेर अनौठो मान्न कुनै आवश्यकता छैन ।’जो जति कमजोर छ, त्यसले नै उत्तिकै चर्को स्वरमा यो गठबन्धन चुनावसम्म जानुपर्छ भनेर कराइरहेको उनले बताए ।

‘एमालेलाई गठबन्धन चाहिएको छैन,’ उनले भने, ‘एक्लै चुनौती सामना गर्न सक्छ । देशका लागि खटेको, जनताका लागि काम गरेको विकासप्रेमी, शान्तिप्रेमी पार्टी हो । जनताको पार्टी हो, जनताबाट कसैले अलग गर्न सक्दैन ।’

पाँच मुखे देउवा सरकार प्रतिगामी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच मुख भएको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामीको संज्ञा दिएका छन्।

देशभरका पार्टी जिल्ला अधिवेशनको शुक्रबार संयुक्त रूपमा भर्चुअलमार्फत उद्घाटन गर्दै उनले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामी सरकारको संज्ञा दिएका हुन्।

उनले पाँच मुख भएको सरकारले तुइन काटेर जनतालाई नदीमा खसाल्दा पनि बोल्न नसकेको आरोपसमेत लगाए।

दुईपटक प्रतिनिधिसभा विघटन गरेपछि सत्ताच्युत भएका ओलीले एमालेसँग जनताको साथ रहेकाले आगागी निर्वाचनमा पहिलो दल बनेर सरकार बनाउने दावी गरे।

‘हामीलाई जनताको कवच प्राप्त छ’, उनले भने, ‘हामी चुनावको प्रतिक्षामा छौँ। त्यसपछि हामी शक्तिशाली भएर सरकार बनाउने छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...