आज ह्वात्तै बड्यो कोरोना संक्रमित हुने संख्या, देशभर संक्रमित र निको कति भए ?

काठमाडौ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९ सय ६८ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो ५ सय ४० जनामा संक्रमित भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ८ हजार २७२ जनाको पीसीआर परीक्षण र ६ हजार ६९९ जनाको एन्टीजेन परीक्षण गर्दा थप ९ सय ६८ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर २ सय ६२ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी २ सय ६२ जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप  0 जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ११ हजार ६०२ पुगेको छ ।

हाल देशभर को रो ना भा इ र स को सक्रिय सं क्र मि त को संख्या पाँच हजार ७४१ रहेको छ । नेपाल हालसम्म कूल स ङ्क्र मि त मध्ये ८ लाख १३ हजार ७०९ जना स ङ्क्र म ण मुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ६३ हजार ३७१ जनाले को रो ना वि रु द्ध को खोप लगाएका छन् । हालसम्म २ करोड ५९ लाख ५ हजार ६६३ मात्रा को रो ना वि रु द्ध को खोप लगाइसकिएको छ ।

यसमध्ये १ करोड १० लाख २ हजार ९७६ जनाले पूर्ण मात्रा र १ करोड ४९ लाख २ हजार ६८७ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २८४, ललितपुरमा ६२, मोरङमा २९, भक्तपुरमा २३, चितवनमा २०, दाङमा १५, कास्कीमा १३, धनुषामा १०, सुनसरीमा ९, काभ्रे र कैलालीमा ८/८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको सं क्र म ण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

पुस महिनामा १ हजार १ सय ४६ जिन सिक्वेन्सिङ गर्दा २ सय ५० वटा नमूनामा एस–जिन नेगेटिभ देखिएको थियो ।

एस–जिन नेगेटिभ पत्ता लागेका २४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ओमिक्रोन भेरियन्टले ल्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ।

साथै, सीमामा परीक्षणलाई थप सशक्त बनाइएको र पोजेटिभ भएकाहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको बताइएको छ ।

यस्तै कञ्चनपुरमा को रो ना वि रु द्ध को पूर्ण खोपको मात्रा लगाउनेका सङ्ख्या एक लाख ९७ हजार २३३ पुगेको छ । स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका

अनुसार को भि ड सिल्ड र स्ट्राजेनेकाको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ३४ हजार ३६२, भेरोसेलको पूर्ण मात्रा लगाउनेको सङ्ख्या एक लाख ३२ हजार ३९ रहेको छ । जोन्सन एन्ड जोन्सन खोप लगाउनेको सङ्ख्या २७ हजार ४००  छ ।

को भि ड सि ल्ड र स्ट्राजेनेकाको पहिलो मात्रा ५१ हजार १०३ जनाले लगाएका छन् । यसैगरी, भेरोसेलको पहिलो मात्रा खोप एक लाख ८४ हजार ८९८ जनाले लगाएका छन् ।

१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई ६३ हजार ७३७ मोर्डना खोपको पहिलो मात्रा दिइएको छ । खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या ८६ दशमलव ६० र दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या ६५ प्रतिशत छ ।

बिहीबार मात्रै १५ हजार २०० जनालाई को रो ना वि रु द्ध को भेरोसेल खोप लगाइएको छ । “माघ महिनादेखि नियमित रुपमा अन्य खोप जस्तै को रो ना वि रु द्ध को खोप लगाउने तयारी भइरहेको छ,” अधिकृत कुवँरले भने,

“बिदाको दिनबाहेक हप्ताको छ वटै दिन पालिकामार्फत खोप लगाउनका लागि योजना बनाउँदैछौँ ।” को रो ना वि रु द्ध को खोप लगाउनबाट कोही नछुटून् भन्ने उद्देश्य लिएर कार्य अगाडि बढाइँदै आएको उनले बताए ।

“तत्कालै एक लाख भेरोसेल खोप लगाउनका लागि कार्य अगाडि बढाई सकिएका छौँ,” उनले भने, “अपुग भएको खोप आवश्यकताअनुसार कैलालीको धनगढीस्थित आपूर्ति केन्द्रबाट ल्याउने व्यवस्था गरिएको छ ।” 

भारतबाट नेपाल भित्रिने नेपालीलाई सीमा नाका गड्डाचौकीमै समेत को रो ना वि रु द्धको पहिलो मात्रा लगाउने व्यवस्था गरिएको छ । दोस्रो मात्रा सम्बन्धित पालिकामा गएर लगाउने व्यवस्था गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...