ललितपुर – ललितपुरको कोञ्ज्योसोम-३ शंखु छापकमा करेन्ट लागेर बस चालकको मृ त्यु भएको छ ।
प्रहरी कार्यालय गोटीखेलका प्रहरी हलल्दार प्रकाश श्रेष्ठका अनुसार गोटिखेलबाट चापागाँउतर्फ जाँदै गरेकाे बा.३ ख. ४१०८ नम्बरको बसको टायर पञ्चर
भई रोकीराखेको अवस्थामा पिसाब फेर्ने क्रममा करेन्ट लागेर बस चालक कोञ्ज्योसोम दलचोकी बस्ने ३५ वर्षीय शम्भु घिमिरेको मृ त्यु भएको हो ।
हवल्दार श्रेष्ठका अनुसार करेन्ट लागेर घा इ ते भएका घिमिरेलाई उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याइए पनि चिकित्सकले मृ त घोषणा गरेका थिए ।
बिहीबार साँझ ५ बजेर २५ मिनेटको समयमा घिमिरे ढलेपछि उठाउन जाँदा करेन्ट लागेकाे थाहा भएकाे थियाे ।
यो पनि : अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण ‘श्रम निर्यात’ रहेको बताएका छन् ।
बिहीबार नेपाल निर्यात परिषद् (इकोन) को २४औं साधारणसभा तथा छैठौँ निर्यात दिवसको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालबाट ठूलो श्रमशक्ति विदेश गइरहेको र त्यसले नेपालको उत्पादनमा असर गरेको भन्दै मन्त्री शर्माले त्यो श्रमशक्तिलाई रोक्न उत्पादनमूलक क्षेत्रमा
लगानी बढाउनुपर्ने बताए । उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी श्रृष्टि गर्नु नै सम’स्याको समाधान रहेको उल्लेख गरे ।
‘हामीले वस्तु निर्यात गर्नुपर्ने ठाउँमा श्रम निर्यात गरेका छौँ । यही नै मुख्य सम’स्या हो । स’ङ्कटको कारण यही हो’, मन्त्री शर्माले भने ।
यो सम’स्या समाधान गर्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्ने र नेपालमा व्यवसाय वृद्धि गर्दै रोजगारी सिर्जना गर्नुपर्ने बताए ।
विभिन्न वस्तुको पहिचान गरी कतिपय वस्तु आत्मनिर्भर र केही वस्तु निर्यातका लागि उत्पादन गर्नुपर्ने उनको भनाईं छ । त्यसका लागि सरकार र निजी क्षेत्रले
हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । नीतिगत, संरचनागत, व्यवहारिक र व्यवसायिक क्षेत्रमा हातेमालो गर्नुपर्ने उनको धारणा छ ।
मन्त्री शर्माले इकोनले निर्यातको सानो ‘डोरेटो’ निर्माण गरेको भन्दै संस्थाको प्रशंसा गरे । ‘इकोनले निर्यातको डोरेटो बनाएको छ ।
यसलाई हाइवेमा नबदलेसम्म हाम्रो व्यापार घाटा अन्त्य हुन सक्दैन’, उनले भने । उनले नीतिगत र संरचनागत सुधारका लागि सरकार सधैँ प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।





















