विकास काठमाडौं केन्द्रीत भएपछि अर्थमन्त्रि शर्माले चाले यस्तो कदम, देशैभरिबाट खुलेरै स्वागत !

काठमाडौं –

अर्थमन्त्री जनार्दन शर्माले विकासलाई विकेन्द्रीकरण गर्न काठमाडौं जस्तै अर्को शहरमा बनाउनुपर्ने बताएका छन् । उनले आज विहीबार लगानी बोर्डको बैठकमा बोल्दै उनले विकास

काठमाडौं केन्द्रित भएकाले अर्को सहरको आवश्यकता रहेको बताएका हुन् । उनले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम क्षेत्रमा नयाँ सहर निर्माण गर्नुपर्ने पनि बताए ।

‘वर्तमान परिप्रेक्ष्यमा कम्तिमा तीन वटा ठूला सहरको निर्माण गर्नुपर्छ । उनले भने, ‘ काठमाडौं सहरको नयाँ भर्सन चाहियो । दूर–दराजका ठाउँमा नयाँ काम ग¥यो भने त्यहाँ सहर बन्दो रहेछ ।’

ठूला शहर बनाउन मिल्ने तीन स्थान खोजेर अगाडी बढ्न सकेमा विकासको नयाँ ढोका खुल्ने उनको भनाई छ ।

मन्त्री शर्माले विकासमा सन्तुलन पनि आवश्यक रहेकाले ठूला आयोजना तथा उद्योगहरू लगानी बोर्डले क्षेत्रगत विशिष्टिकरण गरेर गर्नुपर्नेमा जोड दिए ।

पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजनाहरू निर्माण गर्नुपर्ने उनको भनाइ थियो । ‘ लगानी बोर्डले पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता योजनाहरू अघि सार्न आवश्यक छ,’ उनले भने ।

त्यस्तै जलविद्युत क्षेत्रमा तीन वटा ठूला जलविद्युत आयोजनाहरू विशेष प्राथमिकतामा राख्न पनि निर्देशन दिए । ‘बूढीगण्डकी, अपर–अरुण र कर्णाली चिसापानी जस्ता ठूला आयोजनामा ध्यान दिनुपर्ने उनले बताए ।

उनले काठमाडौं–पोखरा–लुम्बिनीका लागि तीव्र गतिको यातायात पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याए । यसका लागि अध्ययन गर्न मन्त्री शर्माले निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...