एजेन्सी-
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फ्रान्समा देखिएको को भि ड को भेरियन्टको जोखिम नभएको जनाएको छ । सो भेरियन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका छन् ।
‘फ्रान्समा भेटिएको नयाँ भेरियन्ट हाम्रो राडरमा छ । यसको अन्यको तुलनामा बढी जोखिम छैन,’ डब्लूएचओका अब्दिल महमुदले भने ।
फ्रान्समा फेला परेको भनिएको भा इ र स लाई आइएचयु नाम दिइएको छ । फ्रान्सका वैज्ञानिकले केही समयअघि मार्सेलेस क्षेत्रमा को भि ड-१९ को नयाँ भेरियन्ट फेला पारेका हुन् ।
मेडिटेरानी इन्फेक्सन युनिभर्सिटी हस्पिटल इन्स्टिच्युट (आईएचयू) का अनुसन्धानकर्ताले पहिचान गरेको हुँदा नयाँ भेरियन्टको नाम समेत आईएचयू वा ‘बी.१६४०.२’ राखिएको छ ।
हालसम्म १२ जनामा आईएचयू भेरियन्टको सं क्र म ण पुष्टि भएको र सं क्र मि त मध्ये कतिपयलाई अस्पताल भर्ना गरिएको एनजेडहेराल्ड डटकममा उल्लेख छ ।
समाचार अनुसार अफ्रिकी मुलुक क्यामरुनबाट भएको यात्रासँग आईएचयू भेरियन्ट जोडिएको विश्वास गरिएको छ । ४६ पटक म्युटेसन भइसकेको हुँदा यो भेरियन्टले को भि ड-१९ का विद्यमान खोप छल्न सक्ने भन्दै विज्ञहरूले चि न्ता व्यक्त गरेका छन् ।
आईएचयू भेरियन्ट ओमिक्रोन झैं तीव्र गतिले नफैलिएको पनि समाचारमा उल्लेख छ । हालसम्म फ्रान्समा बाहेक यो भेरियन्ट अन्यत्र फैलिएको छैन ।
तर बेलायतमा यो भेरियन्ट प्रवेश गरिसकेको भन्दै केही अपुष्ट दाबी समेत भइरहेका छन् । गत महिना अनलाइनमा पोष्ट गरिएको शोधपत्रमा आईएचयूबारे विस्तृत विवरण राखिएको छ ।
शोधपत्र अनुसार नोभेम्बरमा क्यामरुनबाट फर्केका एक पुरुषमा पहिलो पटक आईएचयू भेरियन्ट देखा परेको थियो । तर उक्त शोधपत्र हालसम्म कुनै मेडिकल जर्नलमा प्रकाशित गरिएको छैन ।
यो पनि : को भि ड–१९ को विभिन्न भेरियन्टबाट जोगिनका लागि विशेषज्ञले म हा मा री को सुरुवातदेखि नै रो ग प्र ति रो धी क्षमता अर्थात् इम्युनिटी बलियो गराउन सल्लाह दिइरहेका छन् ।
प्र ति रो धी क्षमता बढाउनका लागि मानिसहरु विभिन्न प्रकारका उपाय गर्छन् । जस्तै, प्र ति रो धी क्षमता बढाउने काढा पिउँछन्, सुपरफुडको सेवन गर्छन् वा सप्लिमेन्ट लिन्छन् ।
तर हामीले दैनिक सेवन गर्ने केही हरिया सागसब्जीले पनि प्र ति रो धी क्षमता बढाउन सक्छ । हरियो पत्तेदार सागसब्जी धेरैलाई मन नपर्न पनि सक्छ तर यसले नेचुरल इम्युनिटी बुस्टरको काम गर्छ ।
हरियो सागसब्जीमा हरियो रङको क्लोरोफिल हुन्छ जुन संरचनात्मक रुपमा हिमोग्लोबिन समान हो । सब्जीको यो संरचनात्मक रुप रगत बढाउन मद्दत गर्छ जसले प्रतिरोधी क्षमता पनि दुरुस्त हुन्छ ।
यस्तै, हरिया सागसब्जीमा जिंक, आइरन, भिटामिनजस्ता थुप्रै पोषक तत्व र मिनरल पाइन्छन् जसले प्र ति रो धी लाई बलियो बनाउन र विभिन्न प्रकारको
सं क्र म ण रोक्न मद्दत गर्छ । यदि तपाईं पनि आफ्नो प्र ति रो धी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेख गरिएका तरकारीको सेवन गर्न सक्नुुहुन्छ :
ब्रोकलीः
ब्रोकली भिटामिन ए, के, सी, फोलेट र फाइबरले भरिपूर्ण हुन्छ त्यसैले ब्रोकलीले प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ । दैनिक ब्रोकलीको सेवन गर्दा शरीरमा बिटा
क्यारोटिनको मात्रा बढ्ने गर्छ जसले इम्युन सेल्स र क्या न्स र सँग ल’ड्ने कोसिका बढाउनका लागि जिम्मेवार हुन्छ । तरकारी, सुप, काँचै र सलादको रुपमा पनि यसको सेवन गर्न सक्नुहुन्छ ।
पालुङ्गोः
पालुङ्गो भिटामिन सी, ए, जिंक, आइरनले भरपुर हुन्छ तर यसबाहेक यो एन्टीअक्सिडेन्ट र बिटा क्यारोटिनले पनि भरपुर हुन्छ । भिटामिन सी र बिटा क्यारोटिन दुबैले हाम्रो प्रतिरक्षा प्रणालीको सं’क्र’म’णबाट ल’ड्ने क्षमता बढाउन सक्छ,
त्यसैले प्र ति रो धी बढाउनका लागि पालुङ्गोको सेवन गर्नुपर्छ । पालुङ्गोलाई हल्का पकाएर खाँदा बढी फाइदाजनक हुन्छ । पालुङ्गोलाई उसिनेर, तरकारी बनाएर, काँचै वा सलादको रुपमा खान सकिन्छ ।
भेँडेखुर्सानीः
भेँडेखुर्सानी फाइबर, एन्टिअक्सिडेन्ट र भिटामिनसीको निकै राम्रो स्रोत हो । एक कप काटिएको भेँडेखुर्सानीमा १९० मिलिग्राम भिटामिन सी हुन्छ जुन दैनिक
आवश्यक पर्ने भिटामिन सीको आवश्यकताको तीन गुणा बढी हो । त्यसैले भेँडेखुर्सानीलाई तरकारीको रुपमा, पुलाउसँग, सलादको रुपमा खान सकिन्छ ।
गहिरो हरियो रङको पत्तेदार सागसब्जीः
गहिरो हरियो रङको पत्तेदार सागसब्जी एन्टीअक्सिडेन्ट, भिटामिन सीले भरिपूर्ण हुन्छ । साथै, यसमा फ्याटमा घुल्नसक्ने एन्टीअक्सिडेन्ट भिटामिन इ पनि पाइन्छ । त्यसैले यसको सेवनले पनि प्र’ति’रो’धी क्षमतालाई बलियो बनाउन सक्छ ।
काउलीः
काउलीमा अत्यधिक मात्रामा भिटामिन सी, फोलेट, भिटामिन के र फाइबर पाइन्छ । यी सबै पोषक तत्वले इम्युनिटीलाई बलियो बनाउन मद्दत गर्छन् । त्यसैले पनि काउलीको पनि सेवन गर्नुपर्छ । काउली मिठो पनि हुन्छ ।






















