प्रधानमन्त्री देउवाको भारत भ्रमण एकाएक स्थगित, यस्तो रहेछ भित्रि कारण !

काठमाडौ  

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ कार्यक्रम स्थगित भएको छ । जनवरी १० र ११ तारिख(पुस २६ र २७गते)गुजरातको गान्धीनगरमा उक्त कार्यक्रम हुँदै थियो । 

सम्मेलनका लागि व्यापक तयारी भइसकेको र ५ देशका राष्ट्रपति वा प्रधानमन्त्री साथै १५ जना विदेश मन्त्रीसहित उद्योगी, व्यवसायी र बैंकर्सहरु आउने सुनिश्चित भइसकेको थियो ।

गुजरात सरकारले को भि ड को बढ्दो सं क्र म ण लाई जनाउँदै कार्यक्रम स्थगित गरेको जनाएको छ । भारतमा एक दिनमै ९१ हजार को भि ड सं क्र मि त भेटिएका छन् ।

गुजरातमा पनि सं क्र मि त हरुको संख्या बढेपछि कार्यक्रमलाई स्थगन गरिएको हो । कार्यक्रम स्थगनको सूचना आफूहरुले पनि जानकारी पाएको दिल्लीस्थित दूतावासका एक जना अधिकारीले बताए ।

तर, औपचारिक कुनै जानकारी नआएको उनले उल्लेख गरे ।

‘जुन कार्यक्रममा प्रधानमन्त्रीज्यू आउन लाग्नु भएको थियो, त्यो नै स्थगित भएपछि स्वत: उहाँको भ्रमण पनि र द्द हुनेछ,’ उनले भने । यद्यपि नेपाल वा भारत सरकारले अहिलेसम्म औपचारिक रूपमा देउवाको भारत भ्रमणबारे केही पनि जानकारी दिएको छैन ।

समिटका पब्लिक रिलेसन डिपार्टमेन्टका अधिकारी पंकज मादोल्करले पनि सम्मेलन स्थगित भएको र नयाँ मिति छिट्टै सार्वजनिक गरिने कान्तिपुरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...