राजविराज –
प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्ण सवार गाडी बुधबार साँझ सप्तरीमा दु र्घ ट ना मा परेको छ।
बिष्णुपुर गाउँपालिका-७ नहर चोकस्थित सखडा जाने भित्री सडक खण्डमा राज्यमन्त्री सहित ६ जना सवार ज.१ झ ४०६ नम्बरको गाडी दु र्घ ट ना मा परेको राज्यमन्त्री कर्णले बताइन्।
राज्यमन्त्री कर्णले अन्नपूर्ण सम्वाददातालाई फोन गरी साँगुरो बाटोमा मोड्न खोज्दा नियन्त्रण गुमाउन पुगेको गाडी अचानक पल्टिएर खेतमा पुगेको बताइन्।
राज्यमन्त्रीको टोली छिन्नमस्ता गाउँपालिका-६ खुदीबखारीका ८९ वर्षीय मुक्तिलाल मण्डलको परिवारलाई समवेदना दिएर फर्किरहेका बेला दु र्घ ट ना मा परेको स्वकिय सचिव ध्रुबकुमार मण्डलले जानकारी दिए।
गाडीमा राज्यमन्त्री सहित स्वकिय सचिव मण्डल, सुरक्षा गार्ड प्रहरी हवल्दार तुलसीप्रसाद साह, चालक विकेश चौधरी, नेकपा माओवादीका नेताहरू जयप्रकाश चौधरी र प्रथमलाल राम सवार थिए।
सबै जनालाई सामान्य चोटपटक लागेको मण्डलले बताए। राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचार पश्चात सबै जनालाई अस्पतालले डिस्चार्ज गरेको छ। अवस्था सामान्य रहेकोले औषधि खाने र आराम गर्ने सल्लाह दिएर घर पठाइएको अस्पतालका डा. ज्ञानेन्द्र झाले बताए।
मृ त क परिवारलाई भेंटेर फर्किरहेको टोली छिन्नमस्ता गाउँपालिका-१ बरही वीरपुरस्थित भुटीदेबी यादवको परिवारलाई भेंटन गइरहेको थियो।
यादवको ०७८ पुस १२ गते हत्या भएको थियो भने धा रि लो ह ति या र ले घाँटी काटिएको अवस्थामा मण्डलको शव २०७८ मङ्सिर ८ गते फेला परेको थियो। हालसम्म दुबै जनाको ह त्या को रहस्य खुल्न सकेको छैन।





















