प्रधानमन्त्रि देउवाले पर्यटनमन्त्रि आलेको यस्तो भन्दै गरे खुलेरै प्रशंसा, आले परे मख्खै !

काठमाडौं 

नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट सञ्चालन गर्न दिने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयनमा रोक लगाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटनमन्त्री प्रेम आलेको प्रशंसा गरेका छन् ।

बुधबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाले ‘राम्रो निर्णय गरेको’ भन्दै आलेलाई धन्यवाद दिएका हुन् । 

अघिल्लो केपी ओली नेतृत्वको सरकारले संग्रहालयभित्र बतास अर्गनाइजेसनको बिपिएस लिजिङ एन्ड अर्गनाइजेसनलाई रेस्टुरेन्ट चलाउन दिने निर्णय गरेको थियो ।

ऐतिहासिक दरबार संग्रहालयलाई व्यापारमा लगाउन लागिएको भन्दै विरोध भएपछि सोमबार पर्यटनमन्त्री आलेले त्यससम्बन्धी निर्णय कार्यान्वयन रोक्न निर्देशन दिएका थिए ।

‘नारायणहिटी दरबार परिसरमा रेस्टुरेन्ट चलाउने निर्णय रोक्नुभयो, राम्रो गर्नुभयो भनेर प्रधानमन्त्रीले धन्यवाद भन्नुभएको छ,’ पर्यटनमन्त्री आलेले भने । यसअघि पनि विभिन्न लोकप्रिय निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठकमै पर्यटनमन्त्री आलेको प्रशंसा गरे ।

अघिल्लो सरकारले नारायणहिटीभित्र क्याफ्टेरिया चलाउन दिने प्रक्रिया सेटिङका आधारमा गरेको पर्यटन मन्त्रालय स्रोत बताउँछ ।

बतास अर्गनाइजेसन अन्तर्गतका बिपिएस लिजिङ तथा म्यानेजमेन्ट प्रालि, होटेल आनन्द प्रालि र बतास एसोसिएट्स मात्र प्राविधिक रूपमा टेन्डरमा योग्य हुने गरी टेन्डरसम्बन्धी कागजपत्र बनाइएको थियो ।

तीन कम्पनीमध्ये धेरै भाडा कबोल गर्ने बिपिएसले गत वर्ष पुसमा ठेक्का पाएको थियो । यस्तै व्यापारिक घराना बतास अर्गनाइजेसनले पहुँचका आधारमा विभिन्न सरकारी सम्पत्ति लिजमा लिएर व्यापार गर्दै आएको छ ।

पिंगलास्थानमा भारतीय सरकारको सहयोगमा निर्माण भएको धर्मशालालाई समेत लिजमा लिएर यो  समूहले होटेल चलाउँदै आएको छ ।  यो भवनमा अन्य कर्पाेरेट कार्यालयसमेत राखिएको छ ।

जसकारण उद्देश्यअनुसार धर्मशाला प्रयोग हुन सकेको छैन । धर्मशाला बतास कम्पनीलाई दिने निर्णय पनि ओली सरकारले नै गरेको थियो । सो भवन र त्यहाँ रहेकोे खाली जग्गा १५ वर्षका लागि पशुपति विकास कोषले आनन्द होटेल प्रालिलाई लिजमा दिएको हो । 

कोषको सम्पत्ति त्यसरी लिजमा दिने कानुनी प्रावधान नै नहुँदा पनि राजनीतिक दबाब र सेटिङका आधारमा सो समूहलाई दिइएको थियो ।

भारतीय सरकारले करिब ३४ करोड रुपैयाँ लगानीमा सो धर्मशाला बनाएको थियो । जुन हाल होटेल र कर्पाेरेट कार्यालय बन्न पुगेको छ । त्यस्तै, पाटन संग्रहालय

विकास समितिका सटर पनि बतासले सस्तो दररेटमा भाडामा लिएर तेस्रो पक्षलाई महँगोमा भाडामा लगाउँदै आएको छ । बतासको बिपिएस लिजिङ एन्ड अर्गनाइजेसनले नै सो लिजको ठेक्का पाएको थियो ।

०७३ देखि १५ वर्षका लागि उसले भवनका विभिन्न कोठालाई लिजमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...