काठमाडौं –
नेपालमा ह’रा’ए’का बालिकालाई भारत पु(याएर दे’ह’व्या’पा’र’मा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौ ना ङ्ग र अन्य अ ङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
विभिन्न प्रलोभनमा पारेर तथा झुक्याएर बे हो स बनाई भारतका कोठीमा बेचिएका अधिकांश बालिकालाई सुईमार्फत अङ्गहरूको विकास गराइएका अधिकांश बालिका पछि दीर्घ रो गी भई मृ त्यु हुने गरेको छ ।
को ठी बाट उद्धार गरिएका बालिका तथा महिलाको शरीर आकर्षक देखाउन कोठी सञ्चालकले विभिन्न औषधि तथा सुई लगाउने गरेको उजुरीका क्रममा बताउने गरेका छन् ।
२०७४ साउनमा काठमाडौँको कपनबाट हराएका ११ र १३ वर्षका दुई बालिका दिदीबहिनीलाई भारत पु(याइएको थियो । चार वर्षअघि हराएका ११ वर्षकी टिना तामाङ र १३ वर्षकी रिना तामाङ (नाम परिवर्तन)लाई सुईबाट वयस्क बनाई दे ह व्यापारमा लगाइएको खुलेको हो ।
नेपाल प्रहरी अस्पतालका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले ग्रोथ हर्मोन र एस्ट्रोजोन हर्मोनले महिलाको शारीरिक विकास छिटो हुने बताउनुभयो । उहाँले यस्ता हर्मोनयुक्त सुई वा औषधिको ग ल त प्रयोग बेचबिखनमा पर्ने महिला र बालिकामा हुने गरेको पाइएको बताउनुभयो ।
कक्षा चार र पाँचमा पढ्दै गरेका उनीहरूलाई एक महिलाले खानामा बेहोस हुने औषधि राखेर कलकत्ता पु(याएकी थिइन् ।
उद्धारपछि नेपाल ल्याइएकी टिनाले प्रहरीसँगको बयानमा बेहोस अवस्थामै कलकत्ता पु-याएको बताउनुभयो । बेहोसमा सँगै भारत पु¥याइएकी टिनाकी १३ वर्षकी दिदी रिनाको अवस्था भने अहिले पनि अ ज्ञा त छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले बालिका दिदीबहिनीलाई कलकत्ता पु-याएर बेच्ने मुख्य अभियुक्त नुवाकोट दुप्चेश्वर–५ की २६ वर्षीया अनिशा तामाङ ‘फूलमाया’लाई काठमाडौँको बूढानीलकण्ठबाट प क्रा उ गरेको छ ।
उद्धार गरेर ल्याइएकी टिनाले अनिसा ‘फूलमाया’ले आफूहरूलाई कपनको आकासेधारा स्थित एक होटलमा लगेर चाउमिन खुवाएको प्रहरीलाई बताउनुभयो ।
खाजा खाएपछि आफू बे हो स भएको र होस खुल्दा भारतको कोठीमा पु-याइएको टिनाले बताएको प्रहरीले जनाएको छ ।
को ठी सञ्चालकले आफूलाई तीन लाख र दिदीलाई दुई लाख भारतीय रुपियाँमा किनेको बताएको र चार वर्ष ज ब र्ज स्ती यौ न व्यापारमा लगाएको उ जु री टिनाले प्रहरीमा दिनुभएको छ ।
आफ्ना यौ ना ङ्ग विकास गरी वयस्क देखाउन पटक पटक सुई लगाइदिएको उजुरीमा बताइएको छ । आर्थिक अवस्था कमजोर भएका टिना र रिनाको परिवार जीविकोपार्जनका लागि मकवानपुरबाट काठमाडौँ आएको थियो । सानैमा बुवा गुमाएका उहाँहरूको पाँच जनाको परिवारको संरक्षण आमाले गर्दै आउनुभएको थियो ।
घरखर्च चलाउन मुस्किल भएपछि टिनाका दाजु दैनिक मजदुरी गर्नुहुन्थ्यो । फूलमायाका पूर्वपति पनि टिनाका दाजुसँगै मजदुरी गर्नुहुन्थ्यो । सोही क्रममा फूलमायासँग उनीहरूको सम्पर्क भएको थियो ।
फूलमायाले दिदीबहिनीलाई पोखरामा लगेर डान्सबारमा काम लगाइदिने प्रलोभन देखाइन् । त्यो पत्याएर उनीहरू फूलमायासँग नजिक हुनथाले ।
यसैको फाइदा उठाएर फूलमायाले उनीहरूलाई होटलमा खाजा खान बोलाइ खाजासँगै कोकाकोलामा बेहोस पार्ने औषधि मिसाएर दिइएको थियो । बेहोस दिदीबहिनीलाई विभिन्न नाका हुँदै भारत पु-याइए र बेचिए ।
ब्युरोकी निर्देशक वरिष्ठ प्रहरी उपरीक्षक दुर्गा सिंहले बालिका दिदीबहिनीलाई मुम्बई, इलाहावाद, कलकत्ता तथा कुचविहारका कोठीमा पु¥याइ पुनः पटक पटक बेचिएको जानकारी दिनुभयो ।
२०७४ साउनमा भारत पु-याइएका दिदीबहिनीमध्ये बहिनी टिना खाजा किन्न पठाएको बेला कोठीबाट भाग्न सफल हुनुभएको हो । भारतीय प्रहरी, नयाँ दिल्लीस्थित
नेपाली दूतावास तथा नेपालस्थित विश्व सेवा विस्तार संस्थाको सहयोगमा टिनालाई गत असोज २३ गते नेपाल ल्याइएको हो । उहाँ परिवारको संरक्षणमा हुनुहुन्छ । ब्युरोले बेचबिखनमा संलग्न फूलमायाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
यो खबर आजको गोरखापत्र दैनिकमा छ ।





















