काठमाडौं –
अदालतबाट सफाइ पाएर राजनीतिमा तंग्रिदै गरेका पूर्वसभामुख कृष्ण बहादुर महरा फेरि जे’ल जाने संकेत देखिएको छ । रोशनी शाहीले नेकपा माओवादी
केन्द्रका प्रवक्ता समेत रहेका महरालाई फेरि वि’वा’दमा तान्न थालेकी हुन् । उनले महराले जे’ल’बाट छुटाउन गरेको बाचा कसमको रेकर्ड आफूसँग सुरक्षित रहेको बताएकी छिन् ।
आज सामाजिक सञ्जालमा रोशनीले दुनियाँले आफूलाई महरासँग करोड खाएको भनिरहँदा त्यसबारे महराले पुष्टि गर्नुपर्ने लेखेकी छिन् । उनले पछिल्लो समय महरा वि’रु’द्ध पोष्ट गर्न थालेकी छिन् ।
महरा वि’रु’द्ध यौ’न दु’व्र्य’व’हा’रको अभियोग दर्ता गरेकी रोशनीले पछि आफै छुटाउन सक्रिय भएकी थिइन् । रोशनीको बयानका आधारमा महरा छुट्ने अवस्था बनेको थियो ।
सामाजिक सञ्जालमा रोशनीले लेखेकी छिन्स् महराले जे’ल बाट छुटाउन गरेको बाचा कसम राहुलले गरेका म संग छुटाईदिनुपर्यो भनेर गरेका कुराहरुको रेकर्ड मेसेज सुरक्षित छ दुनियाले मलाई महरा संग करोड खाको कुरा महराले दुनिया संग भन्नुपर्छ मैले कति खाए भनेर पुष्टि गर्नुपर्यो (बास्टर) ।

यो पनि : ललिता निवास प्रकरणका मुख्य अभियुक्त ढकाल वि’रु’द्ध राजस्व छलीको पनि मु’द्दा
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल वि’रु’द्ध राजस्वी छलीको मु’द्दा पनि दर्ता भएको छ ।
ढकाल सहित पाँच जना वि’रु’द्ध राजस्व अनुसन्धान विभागले १ अर्ब २० करोड, ४९ लाख १७ हजार ८२४ रुपैयाँ राजस्व छली गरेको आ’रो’प’मा उच्च अदालत पाटनमा मुद दायर गरेको हो ।
उनीहरु वि’रु’द्ध १ अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ विगो र त्यति नै जरिवाना गरी २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ असुल गर्न र ३ वर्ष जे’ल स’जा’य गर्न माग गरिएको छ ।
ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा विशेष अदालतको आदेशमा ढकाल हाल थुनामा रहेका छन् ।
शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल, र सान्टु श्रेष्ठ सञ्चालक रहेको आनसान इन्टरनेशनल कम्पनीले मूल्य अभिवृद्धि कर, आयकर र लाभांश छली गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
विभागले शोभाकान्त ढकालसहित उक्त कम्पनीको सबै सञ्चालक र आनसान इन्टरनेसनल प्रालिको लेखा परीक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीका प्रोपाइटर राजेश्वर श्रेष्ठ वि रु द्ध पनि राजस्व छलीको मु द्दा दायर गरेको विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
आनसान इन्टरनेसनलले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झु’ट्टा मूल्य अभिवृद्धि कर विवरण, वित्तीय विवरणहरु तथा आय विवरण तयार गरी कारोबार नै नभएको वा कारोबार शून्य देखाई आयकर र मूल्य अभिवृद्धि कर छलेको विभागको दावी छ ।
आनसान इन्टरनेसनलले ४२ करोड २६ लाख सात हजार ३५१ मूल्य अभिवृद्धि कर, ६८ करोड ४८ लाख २६ हजार ९७ रुपैयाँ आयकर र नौ करोड,
७४ लाख ८४ हजार ३७६ रुपैयाँ लाभांश गरी एक अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ राजस्व छलेको विभागले आरोपपत्रमा उल्लेख गरेको छ ।





















