मन्त्री आलेले ईतिहास रच्ने संकेतः पद नै धरापमा राखेर गरे यस्ता काम, सबै नेपाली चकित !

काठमाडौं –

पछिल्लो समय पर्यटनमन्त्री प्रेम आलेले ब्याक टु ब्याक कमाल गर्दै सबैको मन जित्दै आएको छ । दोस्रो पटक मन्त्रिको भएका आलेले यही बेला प्रधानमन्त्री शेर बहादुर देउवालाई नै काउन्टर दिनेगरी आलेले बोल्ड निर्णय लिएका हुन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाएका छन् ।

उनले  मंगलबार नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट नबनाउन भन्दै निर्देशन दिएका हुन् । दरबारभित्र रेस्टुरेन्ट बनाउन लागिएको भन्दै वि’रो’ध भइरहेका बेला मन्त्री आलेले यस्तो निर्देशन दिएका हुन् । 

मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालनमा विकास समितिले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट निर्माण कार्य रोक्न निर्देशन दिएको छ ।

समितिले २० पुसमा बि. म्यानेजमेन्ट प्रा.लिलाई पत्र काटेर निर्माण कार्य रोक्न निर्देशन दिएको हो । 

‘यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा सञ्चालन बिकास समिति र त्यस प्रा.लि. बिच सम्झौता भई अगाडी बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका समाचारका कारण

विवाद सृजना हुन गएकोले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य

तत्काल रोक्न हुन जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बि. म्यानेजमेन्टलाई  दिएको निर्देशन पत्रमा उल्लेख छ । 

समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले मन्त्रालयले काम रोक्न निर्देशन दिएपछि कम्पनीलाई पत्र काटेर काम रोक्न भनिएको जानकारी दिए ।

मन्त्रालय स्रोतका अनुसार पर्यटनमन्त्री प्रेम आलेले नै अपारदर्शी तवरले भएको काम रोक्न समितिलाई निर्देशन दिएका थिए ।

सस्तो भाडादरमा जग्गा हात पारेपछि दरबार संग्रहालय परिसर (गेटबाट पश्चिमपट्टी) भित्रै रेस्टुरेन्टका लागि गैरकानूनी ढंगले विभिन्न पक्की संरचना बनाउने र थप्ने काम भइरहेको छ ।

भवन सिंगार्नेदेखि नयाँ भवनमा सटर हाल्ने काम चलिरहेको छ । कानुन विपरीत दरबार परिसरमा विभिन्न संरचनाहरु थप गरेर बगैँचा निर्माणको काम पनि भइरहेकोबारे पर्यटन मन्त्रालयले चासो दिएपछि समितिले काम रोकेको हो ।

रेस्टुरेन्टको भवन क्षेत्रको मात्रै टेन्डर गरेको समितिले अब थप क्षेत्र पनि प्रयोग गर्न अनुमति दिने गरी संरचना बनाउन दिएको छ । संरचनाहरूको नक्सा पास नै भएको छैन ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले दरबारभित्र संरचना थप गर्न काठमाडौं महानगरपालिकासँग अनुमति लिएको छैन ।

कानुअनुसार नक्सा पास नगरी वा पास भएको नक्सामा स्वीकृति बेगर हेरफेर गरी भवन निर्माण गरेको वा गरिरहेको ठहरेमा नक्सा पास नगरी भवन बनाएको भए

पाँच लाख रुपैयाँसम्म र पास भएको नक्सामा स्वीकृति बेगर हेरफेर गरी भवन बनाएको भए दुई लाख रुपैयाँसम्म जरिबाना गरी स्थानीय तहका अध्यक्ष वा प्रमुखले सो भवन वा त्यसको कुनै भाग भत्काउने आदेश दिनसक्ने कानूनी व्यवस्था छ ।

अहिलेसम्म बतास अर्गनाइजेसनले कति क्षेत्रफलमा रेस्टुरेन्ट चलाउँछ भन्नेबारे समिति आफैं जानकार छैन । समितिले पारदर्शी ढंगबाट जग्गाको टेन्डर

गरेपनि टेबल कुर्सी रहने क्षेत्र पनि नापजाँच गरेर भाडा उठाउने बताएपनि प्रक्रिया आपरदर्शी देखिएको भन्दै मन्त्रालयले काम रोक्न निर्देशन दिएको थियो ।

करिब १० रोपनी क्षेत्र रेस्टुरेन्टले प्रयोग गर्न लागेको कम्पनीसँग मासिक अढाइ लाख रुपैयाा लिने गरी सम्झौता भएको छ । खाली क्षेत्र उपयोग गर्न दिएर थप शुलक लिने दावी समितिको छ ।

त्यसअनुसार पनि नारायणहिटीको जग्गा प्रतिरोपनी मासिक ५० हजार रुपैयाँमा भाडामा लाग्ने अवस्था छ । खाली जग्गा र सटर नभेटिने दरबारमार्ग क्षेत्रमा यो भाडादर निकै सस्तो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...