एमसीसी प्रधानमन्त्री शेरबहादुर देउवाले नै पढेका छैनन्ः डा. सुरेन्द्र केसी

काठमाडौं  

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले प्रधानमन्त्री शेरबहादुर देउवाले नै अमेरिकी सहायता परियोजना एमसीसी नपढेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै विश्लेषक डा. केसीले भने, “अमेरिकाले एमसीसीमा नांगो जिद्दी गरिरहेको छ ।

यसले हाम्रो नेतृत्वमा रहेको अपरिपक्वता र अपारदर्शिता रहेको देखाउँछ । यिनीहरुले मुलुकलाई कहिल्यै सार्थक र परिणाममुखी नेतृत्व दिन सकेनन् । एमसीसी, अरुण-३, टनकपुर, महाकाली, अपर कर्णाली ल्याउने नेताहरु, त्यसको घानमा हामी नेपालीलाई हालिदिए ।”

एमसीसीमा प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराईको दो’ष रहेको उनले औंल्याए । उनले थपे, “हामी अंग्रेजी भाषाको डकुमेन्ट बुझ्दैनौं । नेपाली अनुवादको पनि एकएक अंगप्रत्यंग केलाउन सक्दैनौं ।

यो वि’वा’दमा आयो । यसमा पढ्ने नपढ्ने जनता जिम्मेवार छैनन् । यो शेरबहादुरले गरेको सम्झौता होइन प्रचण्ड, बाबुरामहरुले गरेका हुन् ।” उनले थपे, “त्यो कागज शेरबहादुर देउवाले बिलकुलै पढेका छैनन् ।

उनको तर्फबाट सही गरेका ज्ञानेन्द्रबहादुर कार्कीले पनि बुझेका रहेनछन् । केपी ओलीले कागजको पाना पल्टाउँदै एमसीसी भन्ने बस्तु त मैले कहीँ पनि देखिनँ, कतै पनि परेको छैन भनेर व्यंग्य गरेका थिए ।

देउवा र प्रचण्डहरु वि’वा’द गर्ने अनि ऋषि धमलालाई हकार्ने ? एमीसी देव गुरुङ, लीलामणि पोखरेलहरुका पार्टीले गरेको होइन रु वर्षमान पुनले अर्थमन्त्री हुँदा ‘लौ चाहियो हजुर’ भनेर अमेरिकालाई चारवटा चिठी लेखेका होइनन् ?”

राजनीतिक विश्लेषक डा. केसीले को भि ड १९ ले विश्वलाई मिलेर बस्न सिकाएको पाठ नेपालका दलहरुले बिर्सेको टिप्पणी गरे । उनले भने, “को भि ड-१९ एक देश, एक धर्म, एक जातिलाई मात्र आएन ।

सिंगो मानव सभ्यतामाथि आयो । यसले सिकाएको सन्देश के हो भने सबै मिलेर बस्नुपर्छ । हरेक मु द्दा मा वि वा द बढाउँदै जाने हो भने हामी कसरी एउटै घर या विश्वमा बस्न सक्छौं ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...