काठमाडौं –
नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि आफ्नो काँधमा निकै ठुलो भारी आएको महसुस भइरहेको बताएका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यलाई धन्यवादसमेत दिए ।
उनले आफू लामो समय पार्टी नेतृत्वमा रहेको र विभिन्न घटनाक्रमको नेतृत्व गर्ने अवसर प्राप्त भएको भन्दै इतिहासका ग म्भी र मोडमा ग म्भी र भूमिका खेल्ने अवसर पाएको चर्चासमेत गरे ।
उनले भने, ‘यति लामो समय, यति धेरै राजनीतिक घटनाक्रम र उतारचढावबाट गुज्रिएर अहिलेसम्म सक्रिय राजनीतिमा कायमै रहँदा भिन्न भूमिकामा जानु पर्दैन र भन्ने लाग्छ ।’
तर देशलाई एउटा राजनीतिक बिन्दुमा लैजाने आवश्यकता, पार्टीलाई अझै सुदृढ गर्ने आवश्यकता महसुस गर्दा आफू अझै केही समय सक्रिय हुनुपर्ने बाध्यता रहेको उनले बताए ।
कतिपयले ‘प्रचण्ड नभए यो पार्टी के होला ?’ भन्ने प्रश्न गर्ने गरेको उल्लेख गर्दै उनले यो प्रश्न नै ग ल त रहेको बताए । माओवादी एउटा विचार रहेको र यो विचार कुनै व्यक्तिसँग नभई सिंगो कम्युनिस्ट आन्दोलनको इतिहाससँग जोडिएको उनको भनाइ थियो ।
यो पनि : सर्लाहीका रामरोसन यादव सोमबार राती साउदीका रोजगारीका लागि जाँदैछन् । यसअघि पनि कतार गएर फर्किएका उनलाई यसपटक विदेश जान लाग्दा मन गह्रुङ्गो भएको छैन ।
‘कुर्दा-कुर्दा बल्ल भिसा आयो,’ बागबजारमा पसापोर्टको फोटो कपी गराउँदै गर्दा भेटिएका यादवले भने,’महा’मारीले त तीन वर्ष खत्तम नै गरिरिदियो । हातमा पैसा भएन, र पनि गाउँमै बस्नुपर्यो ।’
महा’मारीको नयाँ लहर शुरू भएको हल्ला सुनेका छन् । तर, अब ‘महा’मारी छ’ भनेर गाउँमा दुई वटा भैँसी पालेर बस्न नसकिने उनले बताए । ‘रो’गव्याधि जहाँ गए पनि छ, यहाँ रोजगार छैन, विदेशमा कमसेकम काम त छ,’ उनी भन्छन्,’यहाँ दूध बेचेको पैसाले त दाना किन्न पनि मुस्किलले मात्रै पुग्छ ।’
यादवकै साथि श्रवण कलवारलाई पनि विदेश उड्ने दिनको ब्यग्र प्रतिक्षा थियो । गाउँमा ट्रयाकटरमा सहचालकको रुपमा काम गर्ने उनलाई अब विदेश
गएपछि पैसाको दुःखले छोड्ने आश छ । ‘दिनभर काम गर्यो, साँझमा घरमा सामान लैजाँदा गोजी रित्तै हुने,’ उनी भन्छन्,’अब भनेजस्तै भयो भने साउदीमा थोर-बहुत पैसा बच्ला ।’
महा’मारी कारण फेरि उडान बन्द हुने हल्ला चलेकाले त्यसअघि नै विदेश पुग्न चाहेको उनले बताए ।
दैनिक २५ सय विदेशिंदै
पछिल्ला दिनमा यस्तै आस बोकेर यादव र कलवारजस्तै औसत करिब २५ सय जना नेपाली रोजगारीका लागि विभिन्न श्रम गन्तब्य मुलुकमा पुगिरहेका छन् ।
गत मंसिर महिनामा मात्रै ७४ हजार ३५४ जना नेपाली श्रमिक वैदेशिक रोजगारीका लागि विदेश पुगेका छन् । यो संख्या कात्तिक महिनाको भन्दा करिब साढे १९ हजारले बढी हो ।
वैदेशिक रोजगार विभागका अनुसार को’रो’ना म’हा’मा’रीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको सं’क’ट हट्दै गएपछि विदेशिने नेपालीको संख्या बढ्दै गएको हो ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेको छ । मुख्य रुपमा खाडी मुलुक कतार, साउदी अरेबिया र यूएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत, ओमान लगायतका देशमा पनि नेपालीहरु गइरहेका छन् ।
विभागका अनुसार २०७८ वैशाखमा २४ हजार ३६३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । त्यसमा १२ हजार ५३७ जना नयाँ श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिएकाहरु थिए ।
तर, जेठमा विदेशिने नेपालीको संख्या घटेर ४ हजार ८६ मा सीमित भएको थियो । जेठमा ७८७ ले मात्रै नयाँ श्रम स्वीकृति लिएका थिए । असारमा २० हजार ६५८ जना नेपालीले विदेश जान श्रम स्वीकृति लिए । जसमा १० हजार ७ सय जना नयाँ र अरु यसअघि विदेश गएर फर्केकाहरू थिए ।
गत साउनदेखि मंसिरसम्म २ लाख ३० हजार जना नेपाली वैधानिक रुपमा वैदेशिक रोजगारीका लागि गएका छन् । साउनदेखि मंसिर महिनासम्म्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ३० हजार ४११ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या ९९ हजार ५८० पुगेको छ ।
विभागका अनुसार साउनमा २५ हजार ४२८ जना नेपाली कामका लागि विदेश गएका थिए । त्यसमध्ये मेनपावर कम्पनी र व्यक्तिगत पहलमा आएको नयाँ भिसामा जानेको संख्या १३ हजार ८ सय थियो ।
भदौमा २४ हजार ६९२ जनाले नयाँ श्रम स्वीकृति लिए भने श्रम स्वीकृति नवीकरण गर्नेसहित ३६ हजार ४० जना कामका लागि विदेशिएको विभागको तथ्यांकमा देखिन्छ । असोजमा ३९ हजार ६७१ जना नेपाली विदेश उड्दा २७ हजार ८२४ जना नयाँ श्रम स्वीकृति लिनेहरु थिए ।
कात्तिक महिनामा ५४ हजार ९१८ जाने विदेश जान श्रम स्वीकृति पाएका थिए । त्यसमध्ये ३० हजार १८ जनाले विदेशमा नयाँ कामको अवसर पाएका हुन् भने अन्य श्रम स्वीकृति नवीकरण गरेर पुरानै कार्यस्थलमा फर्किएकहरु थिए ।
कात्तिकमा मात्रै दैनिक औसत १ हजार ८३० जना श्रमिक विदेशिने गरेकोमा मंसिर महिनामा २ हजार ४७८ जना पुगेको विभागको तथ्यांकले देखाउँछ ।
मंसिरमा ३४ हजार ४ सय ९७ जना नयाँ भिसा लगाएर गएका हुन् भने ३९ हजार ८५७ जना पुरानो श्रम स्वीकृति नवीकारण गरेर उडेका छन् । पुस लागेयता विदेशिने नेपालीको संख्या थप बढेको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् ।





















