बालकोटको घरमै केपी ओली र पत्नी राधिकाले गरिन यस्तो काम, नेताकार्यकर्ता सबै दङ्ग !

काठमाडौं –

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा कौसी खेती सुरुवात गरिएको छ । सोमबार ओलीसहित उनकी पत्नी राधिका शाक्य कौसी खेतीमा व्यस्त बने ।

उनको घरको छतमा कौसी खेतीका लागि स्थान बनाइएको छ र त्यसमा आज जापानी प्रविधीको प्रयोग गर्दै उत्पादन गरिएको कम्पोस्ट मलको प्रयोग गर्दै कौसीखेतीबारे जानकारी गराइएको छ ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अर्गानिक कौसी खेतीको जापानी प्रविधीको प्राङ्गारिक मल प्रयोग गरेर सुरु गरिएको जानकारी दिए ।

त्यसक्रममा प्राविधिकहरुले ओली र शाक्यलाई कौसी खेती र प्राङ्गारिक मलबारे विभिन्न जानकारी दिएका थिए ।

यो पनि : काठमाडौं– रक्सौल रेलमार्गको फाइनल लोकेसन सर्भे (एफएलएस) को काम सुरु गरिएको छ । गत असोज २२ मा नेपाल र भारत सरकारका उच्च अधिकारीबीच भएको समझदारीपत्र (एमओयू) अनुसार अध्ययन अघि बढाइएको हो ।

सम्झौताअनुसार १८ महिनाभित्र अध्ययन सक्नुपर्नेछ । एमओयूअनुसार तोकिएकै समयमा अध्ययन सक्ने प्राविधिक टोलीले जानकारी गराएको रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले बताए ।

अध्ययनबाट प्रोजेक्टको विस्तृत रिपोर्ट तयार हुनेछ । त्यसका आधारमा लगानी गर्ने आधार खोजिने उनको भनाइ छ । ‘डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार भएपछि कति समयभित्र बनाइसक्ने,

फन्डिङ कसरी गर्ने भन्ने प्रक्रिया सुरु गरिनेछ,’ महानिर्देशक भट्टराईले भने, ‘अध्ययनपछि निर्माणमा लाग्ने कुल लागत र फाइनल दूरी थाहा हुन्छ ।’

भारतको कोंकण रेलवे कर्पोरेसनका प्राविधिक टोलीले रक्सौलतर्फबाट अध्ययन थालेको उनले जानकारी दिए । ‘करिब एक महिनाअघि प्राविधिक टोलीसँग बैठक बसेर कसरी अध्ययन

गर्ने भन्नेबारे छलफल भएको थियो,’ भट्टराईले भने, ‘बैठकलगत्तै उनीहरू अध्ययनका लागि फिल्ड गएका हुन्, विभागले उनीहरूलाई आवश्यक सहयोग गरिरहेको छ ।’

२०७६ भदौमा काठमाडौं–रक्सौल रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सकिएको हो । काठमाडौंमा २०७५ भदौमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलमार्गको पूर्वसम्भाव्यता

अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । कोंकणले नेपाल सरकारसँगको समन्वयमा ८ महिना लगाएर अध्ययन प्रतिवेदन तयार पारेको थियो ।

प्रारम्भिक अध्ययनअनुसार रेलमार्गको दूरी १ सय ३६ किमि हुनेछ । वीरगन्जको रक्सौलस्थित सुक्खा बन्दरगाह (ड्राइपोर्ट) सम्म रेल चल्छ । उक्त स्थानबाट काठमाडौंलाई

जोड्ने गरी रेलमार्ग निर्माण गर्न लागिएको हो । प्रारम्भिक अध्ययनअनुसार ४२ किमि सुरुङ बन्नेछ । यसको ३ खर्ब रुपैयाँ प्रारम्भिक लागत अनुमान गरिएको छ । डीपीआर तयार भएपछि लागत तलमाथि हुन सक्ने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...