जातीय मुक्तिबिना देशको समृद्धि सम्भव छैन : डा भट्टराई

पाँचथर –

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले जातीय मुक्तिबिना देशको समृद्धि सम्भव नहुने बताएका छन् ।

साथै आफू अहिले पनि जातीय मुक्तिको आन्दोलनका पक्षमा रहेको उनले बताए । पाँचथरको सदरमुकाम फिदिममा आइतबार आयोजित कार्यक्रममा डा भट्टराईले यस्तो बताएका हुन् ।

अब जातीय मुक्तिसँगै देशको समृद्धि कांग्रेस, एमाले र माओवादी पार्टीको नेतृत्वमा सम्भव नहुने उनको दाबी छ ।

आफूले माओवादी ज’न’यु’द्व सुरु गर्नुअघि नै जातीय मुक्तिको आन्दोलनलाई एजेण्डाको रुपमा अगाडि बढाए पनि परम्परागत सोचका सहयात्री र अन्य दलका कारण त्यो सम्भव नभएको उनको भनाइ थियो ।

कांग्रेस ००७ सालको र एमाले झापा आ’न्दो’ल’न’ता’का’को साथै माओवादी ज’न’यु’द्व’को क्रा’न्ति’का’री पार्टी भए पनि हालको अवस्थामा जनता समाजवादी पार्टी बाहेक अरु कुनै पनि दल क्रा’न्ति’का’री हुन नसक्ने भट्टराईको दाबी थियो।

आफ्नो दलमा माओवादी, एमाले, कांग्रेस र मधेसवादी चिन्तनबाट खारिएर आएका नेताहरूको संयोजन रहेकाले अब एकपटक वैकल्पिक शक्तिका रुपमा स्थापित हुने भट्टराईको भनाइ थियो ।

कार्यक्रममा नेता भट्टराईले ऐतिहासिक, सांस्कृतिक र पहिचानका आधारमा एक नम्बर प्रदेशको नामाकरण लिम्बुवान हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको उनले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...