नेपालमा ४ लाख २० हजार रुपैयाँमै नयाँ इलेक्ट्रिक कार पाइने

काठमाडौं –

अटो होस्ट प्रालिले नयाँ मोडेलको इलेक्ट्रिक कार डेरी एम ७ नेपालमा ल्याएको छ । कम्पनीले डेरी ब्राण्डको इलेक्ट्रिक कार नेपाली बजारमा ल्याएको हो ।

अटो होस्टले नयाँ परिमार्जन सहित आएको डेरी एम ७ को मूल्य नेपाली बजारमा २१ लाख रुपैयाँ कायम गरिएको छ । यो गाडी किन्न चाहाने ग्राहकहरुले ४ लाख २० हजार डाउन पेमेमेन्ट गरि खरिद गर्न सक्नेछन् ।

यो नेपाली बजारमा उपलब्ध सबैभन्दा सस्तो हाइब्रिड (सोलार र बिजुली ) गाडी हो । यस कारमा १७ किलोवाट आवरको ब्याट्री र १५ किलोवाट क्षमताको इलेक्ट्रिक

मोटर रहेको छ । यसले एक पटकको फुल चार्जमा २३० किलोमिटर रेञ्ज प्रदान गर्दछ ।यसमा ३०० वाट क्षमताको सोलार प्यानल छतमा जडान भएको छ

सोलारले पनि दैनिक घाम लागेको स्थानमा राख्ने हो भने ३० किलोमिटर चलाउन पुग्ने ब्याट्री रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।यसको लम्बाई ३४८० एमएम, चौडाई १५७० एमएम र उचाई पनि १५७० एम ह्वीलवेस २२९७ एमएमको रहेको छ

यसमा हिल एसिस्ट, पावर विन्डो, एसी, हिटर, टचस्कृन, इन्ब्यूल्ट रियर भ्यू क्यामेरा, सेन्ट्रल लक, रिमोट कि, अलोय ह्वील लगायतका फिचर रहेको छ ।

यो पनि : नेपाल विद्युत् प्राधिकरण र नेपाल वायु सेवा निगमबीच सम्झौता भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध

निर्देशक कुलमान घिसिङबीच प्राधिकरणका कर्मचारी विदेश भ्रमण जाँदा र कार्गो (सामान ढुवानी) गर्दा निगमकै जहाज प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

सोमबार सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भएको सम्झौतामा प्राधिकरणको सामान ढुवानी र त्यहाँका कर्मचारीले विदेश भ्रमण गर्दा निगमकै जहाज प्रयोग गर्ने उल्लेख गरिएको छ ।

सम्झौताअनुसार एनएसीमार्फत यात्रा गर्दा प्राधिकरणका कर्मचारी तथा उनीहरूका परिवारले टिकटमा १५ प्रतिशत र सामान ढुवानीमा ५१० प्रतिशत छुट पाउनेछन् । 

कार्यक्रममा बोल्दै मन्त्री आलेले निगम र प्राधिकरणको कुशल नेतृत्वले सो सम्झौता गरेर प्रशंसनीय कार्य गरेको भन्दै खुशी व्यक्त गरे ।

उनले निगमकै जहाज प्रयोग गर्न नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु तथा निजी क्षेत्रका उद्योग र व्यापारीहरुलाई पनि आग्रह गरे । मन्त्री आलेले भने,

‘हामीले प्राधिकरण मात्रै नभएर प्राइभेट सेक्टरमा रहेका व्यापारी, उद्योगीहरुको सरसामान ओहोरदोहोर गर्दा पनि हामीले नै पाउनेछौं । यो एउटा प्रशंसनीय काम भएको छ ।’

कार्यक्रममा बोल्दै निगमका कार्यकारी अध्यक्ष अधिकारीले आफूहरुको सो प्रस्ताव सहर्ष स्विकार गरेको भन्दै नेपाल विद्युत प्राधिकरणको नेतृत्वलाई धन्यवाद दिए ।

यता, प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले सम्झौंतामा उल्लेखित गरिएका कुराहरुलाई अक्षरस: पालना गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमलाई उकास्न पनि प्राधिकरणसाग गरिएको सो सम्झौंताले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...