काठमाडौं –
प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई जिम्मेवारीबाट हटाएको छ।
एसपी पाण्डेलाई प्रहरी हेडक्वार्टर तानेर उनको ठाउँमा एसपी अर्जुन तिम्सिनालाई पठाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
सामान्यतया इन्चार्जको जिम्मेवारी पाएको एक वर्ष नपुग्दासम्म सरुवा नगर्ने नीति भए पनि एसपी पाण्डेलाई ७ महिनामै जिम्मेवारीबाट हटाइएको हो।
सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता आ’न्दो’ल’न र तो’ड’फो’ड’मा उत्रिएपछि एसपी पाण्डेले प’क्रा’उ गरी कारबाही अघि बढाएका थिए।
सो विषयलाई लिएर सिके राउतले एसपी पाण्डेलाई चोकमा ल्याएर का’र’बा’ही गर्ने ध’म्की’ दिएका थिए । राउतले यस्तो ध’म्की दिएको एक साता नबित्दै एसपी पाण्डे प्रहरी हेडक्वाटरले जिम्मेवारीबाट हटाएको छ।
यो पनि : पूर्वाधार निर्माणका लागि फिल्डमा खटिनुपर्ने इन्जिनियरहरू पढाइ लगायत विभिन्न बिदा लिएर काठमाडौंमा बस्न थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अत्यावश्यकबाहेक तत्काल काममा फर्किन उनीहरूलाई निर्देशन दिएको छ ।
मन्त्रालय र मातहत निकायका मात्रै ८० भन्दा बढी इन्जिनियरहरू पढाइ बिदा लिएर काठमाडौंमा बसिरहेको मन्त्री रेणु कुमारी यादवले बताइन् । संघीय संसद अर्थ समितिको बैठकमार्फत मन्त्री यादवले यस्तो जानकारी दिएकी हुन् ।
‘अहिले ८० जनाभन्दा बढी इन्जिनियरहरू बिदा लिएर काठमाडौंमा थन्किएका रहेछन् । अत्यावश्यक अवस्थामा बस्नुपर्ने बाहेक सबैलाई काममा फर्काउन
मैले सचिवलाई निर्देशन दिइसकेकी छु’ मन्त्री यादवले भनिन् ‘उनीहरुलाई यहाँ थन्काएर काम छैन । फिल्डमा जनशक्ति अभाव छ ।’





















