अमेरिकी राष्ट्रपति बाइडेनले दिए रुसलाई यस्तो कडा चे ता व नी, अब के ग र्ला न् रुस ?

काठमाडौँ –

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई युक्रेन वि रु द्ध थप बल प्रयोग गरे नयाँ प्र ति ब न्ध घोषणा गर्ने चे ता व नी दिएका छन् ।

बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गर्दै बाइडेनले युक्रेनमाथिको सैन्य द बा ब अन्त्य गर्न आग्रह गरेका ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले बताइन् । 

‘रुस–युक्रेनबीचको त ना व कम गर्न बाइडेनले आग्रह गर्नुभएको छ,’ साकीले भनिन्, ‘यदि रुसले युक्रेनमाथिको का र बा ही जारी राखे अमेरिका र साझेदार मुलुकले निर्णायक रूपमै जवाफ दिने पनि उहाँले स्पष्ट पार्नुभएको छ ।’

युक्रेनी सीमामा हजारौंको संख्यामा रुसले सेना परिचालन गरी आ क्र म ण को तयारी गरेको भन्दै विगत केही सातायता रुस र युक्रेनबीच त ना व बढेको छ ।

मस्कोले भने बारम्बार उक्त आरोपको खण्डन गर्दै आएको छ । रुसले आफ्नो क्षेत्रभित्र सेनालाई स्थानान्तरण गरेको र उक्त विषय आफ्नो अधिकार क्षेत्रभित्रको रहेको पनि दा बी गरेको छ ।

रुसी सीमाना नजिक नाटोको सैन्य गतिविधि बढेको र यसले मुलुकको सुरक्षालाई ख त रा मा पारेको उसको आ रो प छ ।

रुसले पनि बाइडेनले चे त वा नी दिएको पुष्टि गरेको छ । बाइडेनले आफ्ना रुसी समकक्षीलाई फोनवार्तामा यु द्ध सुरु गर्न नहुने र यसबाट राम्रो परिणाम ननिक्लने बताएका

पुटिनका विदेश मामिला सल्लाहकार युरी उसाकोभले मस्कोमा पत्रकारहरूसँग बताए । जवाफमा पुटिनले रुसमाथि प्र ति ब न्ध लगाए ग म्भी र परिमाण भोग्नुपर्ने भन्दै अमेरिकालाई सचेत गराएका छन् ।

‘यदि रुसमाथि त्यस्तो कदम चालिन्छ भने त्यो ग म्भी र ग ल्ती हुनेछ, जसको परिणाम सुखद हुने छैन,’ पुटिनको भनाइ उद्धृत गर्दै उसाकोभले भने ।

उनले वार्ता निकै अर्थपूर्ण भएको र नयाँ वर्षपछि पनि निरन्तरता दिने सहमति भएको बताए । ‘सैद्धान्तिक रूपमा हामी वार्ताबाट सन्तुष्ट छौं, किनभने विषय र कुराकानी स्पष्ट, ठोस र विशिष्ट थियो । वार्ताको भावना रचनात्मक थियो,’ उनले भने ।

दुई समकक्षीबीच सुरक्षा र रणनीतिक मु द्दा ह रू मा भएको वार्ताको संयुक्त राष्ट्रसंघले भने स्वागत गरेको छ । राष्ट्र संघ प्रवक्ता फ्लोरेन्सिया सोटो निनोले स्पुतनिकसँग भनेकी छन्, ‘हामी सधैं सदस्य राष्ट्रहरू बीचको संवादलाई स्वागत गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...