दलाई लामालाई तिब्बतबाट भाग्न सघाएका व्यक्तिको पहिचान, को हुन् ति व्यक्ति ?

काठमाडौँ –

बौद्ध धर्मगुरु दलाई लामालाई तिब्बतबाट भाग्न सहयोग गरेका भारतीय सैनिक नरेनचन्द्र दासको नि ध न भएको छ ।

सन् १९५९ मा तिब्बतबाट भाग्न दलाई लामालाई सघाएको भारतीय सेनाको टुकडीका अन्तिम जीवित सदस्यका रूपमा रहेका दासको गत सोमबार असममा नि ध न भएको भारतीय सेनाले जानकारी दिएको छ ।

उनी ८५ वर्षका थिए । सिपाहीको भेषमा युवा अवस्थाका दलाई लामा १३ दिनको लगातार पैदल यात्रापछि भारत आइपुगेका थिए । दास भने त्यतिबेला मात्र २२ वर्षका रहेका थिए ।

भारतीय सेनाको सबैभन्दा पुरानो पारामिलिट्री फोर्स असम राइफल्समा भर्ती भएका दासले त्यतिबेला तालिम मात्र पूरा गरेका थिए ।

अरु ६ जना सिपाहीसँगै दासले दलाई लामालाई सन् १९५९ मार्च ३१ मा उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशको लुम्ला ल्याइपुर्‍याएका थिए ।

गत वर्ष स्थानीय सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा दासले दलाई लामालाई घोडामा राखेर उकालो-ओरालो सहितको पहाडी बाटोमा यात्रा

गराएको भन्ने बताएका थिए । त्यस्तै उनले यात्राका क्रममा युवा भिक्षु दलाई लामासँग कुराकानी गर्न अनुमति नदिइएको पनि बताएका थिए ।

स्वतन्त्र तिब्बतको माग पूरा नभएपछि दलाई लामा निर्वासनमा भारत आएका थिए । उनले धर्मशालाबाट ‘छायाँ सरकार’ पनि चलाइरहेका छन् ।

सन् २०१७ मा दलाई लामा र नरेन्द्र चन्द दासबीच भेट भएको थियो । उक्त भेटमा पुराना दिन सम्झेर दुवै भावुक समेत भएका थिए । भेटमा दलाई लामाले भनेका थिए, ‘तपाईंको अनुहार हेर्दा म पनि बूढो भएछु भन्ने महसुस भयो ।’

भारत सरकारकै अनमतिमा निर्वासित तिब्बती सरकार चलाइरहेको धर्मशालामै पनि दासलाई दलाई लामाले बोलाएका थिए । दास परिवारसहित धर्मशाला पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...