ललिता निवास जग्गा प्रकरणमा १२० जना वि रु द्ध प क्रा उ पुर्जी, चर्चित नेता र ब्यापारी समेत तानिने

काठमाडौं –

ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले १२० जना वि रु द्ध प क्रा उ पुर्जी जारी गरेको छ ।

गत आइतबारयता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज आठ जना वि रु द्ध प क्रा उ पुर्जी जारी गरिएको उक्त अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले जानकारी दिए ।

सरकारी जग्गा गर्ने प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारी समेत जोडिएका थिए । सो प्रकरणका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको छ ।

यो पनि पढनुहोस : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थी सप्लाई गर्नेहरूलाई साथ दिएको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले चिकित्सा शिक्षा अभियन्ता डाक्टर गोविन्द केसीसँग नौ बूँदे सम्झौता गरेर देउवाले विदेशमा विद्यार्थी सप्लाई गर्नेहरूलाई साथ दिएको टिप्पणी गर्नुभयो ।

नेपालमा नर्सिङ कलेज खोल्न नपाउने लगायतका सहमति गरेर प्रधानमन्त्री देउवाले पैसा नहुने नेपालीका छोराछोरीको मेडिकल कलेज पढने सपना बर्बाद पारेको उहाँको आरोप छ ।

डा. केसीसँग प्रधानमन्त्री देउवाले गरेको सम्झौताले विदेशमा पैसा र छोरीछोरी पठाउने कम्पनीलाई फाइदा पु¥याएर नसक्नेको जीवन बर्बाद पारिएको तर्क गर्नुभयो ।

अध्यक्ष ओलीले सरकारकै कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको र बैंकहरूमा तरलता अभाव देखिएको दावीसमेत गर्नुभयो ।

ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति संकेत गर्दै इज्जत नभएकाहरू सधैं सरकारमा रहको भन्दै व्यंग्य गर्नुभयो ।

‘अलिकति इज्जत छोड्ने हो भने त जहिले पनि सरकारबाट हट्नुनपर्ने अवस्था छ, जस्तो प्रचण्डजीहरू हट्नुहुन्न,’ उहाँले भन्नुभयो, ‘म हुँदा पनि उहाँहरू सरकारमै हुनुहुन्थ्यो, कांग्रेस हुँदा पनि सरकारमै हुनुहुन्छ, अर्को हुँदा पनि सरकारमै हुनुहुन्छ ।’

आफ्नो पार्टीले भने सरकारमा बसेर आफ्ना नीति कार्यान्वयन गर्दै अघि बढ्ने वा प्रतिपक्षमा रहेर गलत नीतिको विरोध गरेर देश र जनताको सेवा गर्ने गरेको उहाँको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...