मन्त्रि झाँक्रीले भावुक हुदै स्टेजमै किन झारिन आँसु, यस्तो रहेछ कारण

गुल्मी –

शहरी विकास मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले आफूले दुः खले निर्माण गरेको घरमा बस्ने वातावरण नभएको बताएकी छन् ।

झाँक्रीले शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा एकीकृत समाजवादी पार्टीको कार्यालय उद्घाटन गर्दै विगतमा आफूहरूले मेहनतका साथ धेरै घर निर्माण गरेको भए पनि ती

घरमा बस्ने वातावरण नहुँदा नयाँ घर निर्माण गरेको बताइन् । उनले नेकपा एमालेलाई लक्षित गर्दै ‘पुरानो घर’को संज्ञा दिएकी थिइन् । र ‘नयाँ घर’को रुपमा नेकपा एकीकृत समाजवादीलाई अर्थ्याएकी थिइन् ।

उनले भनिन, ‘थुप्रै घर निर्माण गरियो, घर भनेको बस्न लायक हुनुपर्छ सबैको मान्यता हो तर जिन्दगीका महत्वपूर्ण समय त्यही घर पार्टीमा योगदान गर्‍यौं, लाखौं जनताको सारथी मात्रै होइन बदल्ने महत्वपूर्ण अभियन्ता पनि बन्यौं ।’

झाँक्रीले गुल्मीको नेकपा एमालेको पार्टी कार्यालय नजिकै नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय स्थापना गर्दै विगतमा धेरै संघर्षका बाबजुद पक्की घर बनाउन सफल भएको बताइन् । उनले मेहनतले बनाएको त्यही घरबाट अलग भएको भन्दै कठिन यात्रा तय गरेको बताइन् ।

झाँक्रीले भनिन्, ‘धेरै मेहनत गरेका थियौं त्यो घर बनाउन । तर त्यही घर पार्टीबाट अलग भयौं, यात्रा कठिन छ, कठिन भए पनि यात्रा सम्भव छ ।’

भाडाको घरमा पार्टी कार्यालय स्थापना गर्दै मन्त्री झाँक्रीले जिन्दगीका अनगिन्ती राजनीतिक अफ्ठयारा सम्झेर गहभरी आँशु झार्दै भनिन्, ‘धेरै मान्छेले हामीलाई सोधेका छन् पार्टी कसरी निर्माण गर्छौ ? राजनीतिक यात्रा कसरी अगाडी बढछ ? तर आगामी निर्वाचनसम्म गठबन्धन कायम रहन्छ ।’

उनले वर्तमान गठबन्धन भत्काउन नेकपा एमाले सक्रिय रहेको भन्दै कुनै पनि हालतमा गठबन्धन नटुट्ने बताइन् । झाँक्रीले एमालेको चरित्रकै कारण आवश्यकताका आधारमा गठबन्धन बनेको बताइन् ।

जनताको सम’स्या समाधान गर्ने एकमात्र थलोको रुपमा रहेको व्यवस्थापिका संसद्‍लाई नेकपा एमालेले बन्धक बनाउन नहुने पनि उनको भनाइ थियो । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिँदै नागरिकलाई दुःख दिने प्रवृत्तिको अन्त्य गर्न पनि आग्रह गरेकी छन् ।

यो पनि : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन् । 

शुक्रबार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका हुन् । उनले हाल छानबिनका क्रममा रहेका बोर्डका सीईओ धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको भन्दै आ’क्रो’श व्यक्त गरे ।

मन्त्री आलेले सीईओ रेग्मीकै कारण बेलायतमा भएको विश्व पर्यटन मेलामा नेपालको बेइज्जत भएको भन्दै र’क्सीको मातमा उन्मत्त भएका मानिसलाई संस्थाको

सीईओ बनाउँदा संस्था चल्न नसक्ने बताए । सीईओ रेग्मीलाई साँढेको संज्ञा दिँदै आफ्नो इमान किन्ने कुरा सपनामा पनि नसोच्न चे’ता’व’नी दिए । सीईको रेग्मीकै कारण आफ्नो बेइज्जत भएको पनि आलेको भनाइ छ ।

लन्डन जाँदाको टिकटबारे पनि अनावश्यक विवाद निकालिएको पनि उनको भनाइ छ । ‘यहाँबाट लण्डन गएँ, दूतावासमा राखिदियो । लन्डनमा जाँदा टिकट कति

लाग्छ अब म हेर्दै बसौँ त ? त्यो त व्यवस्थापनले गर्ने कुरा हो । अन्तिममा त्यो फोरममा मैले बोल्न पाइनँ । मलाई एकदमै इरिटेड भयो,’ उनले भने ।

त्यस्तै उनले बोर्डका उच्च अधिकारीबाटै आफूलाई प्रलोभन देखाइए पनि त्यसमा आफू नपर्ने बताए । ‘आफ्नै आँखाले देखिरहेको छु, मलाई खा भन्छ । पहिलाको मन्त्री जस्तो ठानेको होला प्रेम आलेलाई ।

४ वटा गाडी बेचेर प्रेम आलेलाई त्यो इमान म खरिद्छु भनेर त्यसले सोच्यो होला त्यो सपनामा पनि नसोचे हुन्छ । इमान बेचेर म यो चेयरमा बस्नेवाला छैन ।’

मन्त्री आलेले डब्लूटीएमको कार्यक्रममा जाँदा बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्न माग गरे । सबै खाने खर्च आफूले व्यहोरेकाले खर्चको बारेमा छानबिन गरेर कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...