माओवादी महाधिवेशनमा ल्यापटप र प्रिन्टर चोरी, कस्ले चोरी गर्यो त्यो सामान ?

काठमाडौ 

नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ । 

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिए ।

उनका अनुसार मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएकाले प्रवेशमा कडाइ गरिएको छ ।

फोटो पत्रकार बाहेकका पत्रकारलाई समेत प्रवेशमा कडाइ गरिएको छ । प्रेस संयोजक आचार्यका अनुसार साँझ ५ बजेमात्र मिडिया सेन्टरमा प्रवेश दिने आचार्यको भनाइ ।

महाधिवेशनस्थलमा सीसीटिभी भए पनि बन्द रहेको र शुक्रबारबाट पनि खोलिएको छ । 

यस्तै नेकपा माओवादी केन्द्रको एक आर्थिक वर्षमा आम्दानी भन्दा खर्च धेरै देखिएको छ ।

पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा शुक्रबार प्रस्तुत भएको लेखा आयोगको प्रतिवेदनमा पार्टीको हिसाव किताब ऋणात्मक देखिएको एक नेताले जानकारी दिए ।  

ती नेताका अनुसार पार्टीको आम्दानी आर्थिक वर्ष २०७७–७८ मा ७९ लाख २० हजार ५१८ रुपैयाँ देखिएको छ । तर खर्च भने झण्डै ९ लाख बढी देखिएको ती नेताले बताए । 

उनका अनुसार सदस्यता दस्तुतरबापत ६८ लाख ३२ हजार ८२३ रुपैयाँ संकलन भएको छ । यस्तै अन्य आम्दानीबाट ९७ हजार ६८८ गरी जम्मा ७९ लाख २० हजार रुपैयाँ हाराहारीमा आम्दानी भएको लेखा आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

यस्तै विभिन्न शीर्षकमा गरी खर्च ७८ लाख १८ हजार रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ । जसअनुसार ८ लाख ८७ हजार हाराहारीमा घाटा देखिएको प्रतिवेदनमा भनिएको छ । 

आयोगले २०७४ फागुन फागुन २४ गतेदेखि २०७८ असार मसान्तसम्मको पार्टीको अन्तिम लेखा परीक्षण सम्पन्न गरेर निर्वाचन आयोगमा पेश गरेको पनि बताएको छ । 

पार्टीको कुल चलअचल सम्पत्तिको ६६ करोड ३८ हजार २२३ बराबरको रहेको पनि प्रतिवेदनमा उल्लेख गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...