काठमाडौं –
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन काठमाडौंमा चलिरहेको छ । राजनीतिक वैचारिक प्रतिवेदनको नाम दिएर प्रचण्डले कार्यकर्तालाई क्रा न्ति का गफ बाँडेका छन् ।
क्रा न्ति भनेर सांस्कृतिक कार्यक्रम गरेर युवालाई लोभ्याएर ज न यु द्ध गरेका प्रचण्ड क्रा न्ति भन्दै त्यही शैली दोहोर्याएर ठूलो पार्टी बनाउने असम्भव सपना बोकेका छन् ।
राजधानीमा ससुरा प्रचण्डले क्रा न्ति का गफ बाडेर ठूलो पार्टी बनाउने सपना देखिरहेका बेला बुहारी बिना मगरको क्षेत्रमा भने माओवादीमा ठूलो प हि रो गएको छ ।
महाधिवेशनमा आएका प्रतिनिधिलाई नै झस्काउने गरी बुहारी मगरको जिल्ला कञ्चनपुरमा ठूलो वि द्रो ह भएको हो । कञ्चनपुरमा पूर्व सांसद सहित नेताहरूले वि द्रो ह थालेका हुन् ।
पूर्वमन्त्री समेत रहेकी मगरको गृहजिल्ला कञ्चनपुरमा पार्टी संस्थापन पक्षबाट पेलानमा परेका नेताकार्यकर्ता एकजुट हुँदै वि द्रो ह को तयारीमा लागेका छन् ।
माओवादी केन्द्रले काठमाडौंमा महाधिवेशन गरिरहेको बेला कञ्चनपुरमा पूर्वसांसद कमल क्षेत्री, पूर्व जिल्ला अध्यक्ष खडक बस्नेत, पूर्व जिल्ला सचिव विपिन दहित,
पूर्व जनमुक्ति सेनाका डिभिजन कमाण्डर रक्तबिज लगायतले सोमबार कञ्चनपुरको कलुवापुरमा छुट्टै भेला गरेर असन्तुष्ट नेता कार्यकर्तालाई एकजुट गरेका छन् ।
कञ्चनपुरमा बिना मगर र टेकेन्द्रप्रसाद भट्टसँग फरक मत राख्नेलाई सौतेनी व्यवहार गरिएपछि वि द्रो ह को तयारी गरिएको माओवादी निकट स्रोतले जनाएको छ ।
पार्टी सम्मेलनमा कुनै स्थान नदिइएको, पार्टीका हरेक जिम्मेवारीबाट अलग गरिएको भनेर भेलामा सहभागी नेता कार्यकर्ताहरूको गुनासो गरेका युवा नेता सीके भट्टले जानकारी दिए ।
सोमबारको भेलामा कञ्चनपुरका ४१ जना नेता कार्यकर्ताले सहभागिता जनाएका छन् । पालिका तह र प्रदेश तहको पार्टी कमिटी निर्माणमा सिनियर नेताहरूलाई पाखा लगाइएपछि असन्तुष्ट नेता–कार्यकर्ता वि द्रो ह को रणनीति बनाउनतिर लागेका जनाइएको छ ।
टिकेन्द्र भट्ट, इन्चार्ज देविलाल चौधरी र केन्द्रीय सदस्य बिना मगरले कसैसँग सल्लाह नगरि आसेपासे ११ जना महाधिवेशन प्रतिनिधि छनौट गरेपछि वि द्रो ह भएको हो ।
सिनियर छोडेर आसेपासे चयन गरेपछि भेला गरेरै पार्टी छोड्नेदेखि वैचारिक एकता गर्न सकिने नेकपा एमालेमा प्रवेश गर्नेसम्मका मनस्थितिमा उनीहरु रहेको निकट नेताहरु बताउँछन् । नेपालपानाबाट





















