हिजोको तुलनामा आज घट्यो को रो ना सं क्र मि त, आज एक दिनमा सं क्र मि त र निको कति भए ?

काठमाडौ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ सय २० जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ६ हजार ४३३ जनाको पीसीआर परीक्षण र १ हजार १७५ जनाको एन्टीजेन परीक्षण गर्दा थप २ सय २० जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर २ सय ५३ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी २ सय ५३ जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप  २ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ५९० पुगेको छ ।

हाल देशभर सक्रिय सं क्र मि त को संख्या ४ हजार ८६४ रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै सरकारले को रो ना वि रु द्ध को खोप अभियान तीव्ररुपमा अघि बढाएको छ । आगामी चैतसम्म आम नागरिकलाई खोप लगाउने लक्ष्य लिएको सरकारले दैनिक ५ लाख नागरिकलाई खोप लगाउँदै आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारबाट काठमाडौं, ललितपुर र भक्तपुरका २४ खोप केन्द्रमा को रो ना वि रु द्ध को खोप लगाउन थालिएको हो ।

जसअन्तर्गत् काठमाडौंमा सशस्त्र प्रहरी बल अस्पताल, बलम्बु, वीरेन्द्र सैनिक बल अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार प्रसूति तथा स्त्री रो ग अस्पताल थापाथलीमा खोप लगाउने व्यवस्था गरिएको छ।

यस्तै, सहिद मेमोरियल अस्पताल कंलकी, लोत्से भवन नयाँ बसपार्क, वीर अस्पताल, बयोधा अस्पताल बल्खु, निजामती कर्मचारी अस्पताल र एपेक्स पोलिक्लिनिक

जडिबुटीबाट खोप लगाइनेछ । यस्तै, भक्तपुरमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमी, ख्वप अस्पताल च्यामसिंह खोप अभियान सञ्चालन भइरहेको छ ।

यस्तै, ललितपुरमा पाटन अस्पताल, छवा बहाल जनस्वास्थ्य शाखा, सैंबु स्वास्थ्य चौकी, बज्रबाराही चापागाँउ अस्पताल, बाँडेगाँउ प्राथमिक स्वास्थ्य केन्द्र,

लेले प्राथमिक स्वास्थ्य केन्द्र, लुभु प्राथमिक स्वास्थ्य केन्द्र, इमाडोल स्वास्थ्य चौकी, चौघरे स्वास्थ्य चौकी र गोटिखेल स्वास्थ्य चौकीमा खोप अभियान सञ्चालन हुँदै आएको छ । खोप केन्द्रमा भेरोसेल कोभिसिल्ड र एस्ट्राजेनिका खोप लगाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...