यो वर्षकै बिश्वकै भ्र ष्ट राष्ट्रपति बने यो देशको राष्ट्रपति, को हुन् उनी ?

काठमाडौं –

बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कलाई बिश्वकै भ्र ष्ट ब्यक्ति ठहर गरिएको छ ।

अर्गनाइज्ड क्रा इ म एण्ड रिपोर्टिङ्ग प्रोजेक्ट (ओसीसीआरपी) ले बेलारूसका राष्ट्रपति लुकाशेन्कोलाई वर्ष २०२१ को सबैभन्दा भ्र ष्ट व्यक्ति ठहर गरेको हो ।

ओसीसीआरपीले तयार पारेको सुचीमा बेलारुसका राष्ट्रपति लुकाशेको सहित सीरियाका राष्ट्रपति बशर अल असद, टर्कीका राष्ट्रपति रेचेप अर्दोआन र अस्ट्रियाका पूर्व चान्सलर सेबेस्टियन कर्जको नाम सामेल रहेको छ ।

संस्थाका अनुसार ६ जना पत्रकार र जानकारहरुको एक प्यानलले यो फैसला गर्दा लुकाशेन्कोको नाम सर्वसम्मतिले चुनिएको हो ।

लुकाशेकोमाथि आफ्ना नजिकका मानिसलाई सरकारी रकम दिएको आरोप लगाइनुका साथै हजारौं शरणार्थिलाई भड्काएर यूरोप पठाउन खोजेको

आरोप पनि लगाइएको छ । लुकाशेन्कोमाथि कोभिडको फर्जी उपचार र त्यस बारेमा गलत सूचना फैलाएको आरोप पनि लगाईएको छ ।

यस्तै अफगानिस्तानका पूर्वराष्ट्रपति अस्रफ घानी यो वर्ष अर्थात् सन् २०२१ का सबैभन्दा भ्र ष्ट व्यक्तिको सूचिमा परेका छन् ।

अर्गनाइजेसन क्राइम एण्ड करप्सन प्रोजेक्ट (ओसीसीआरपी) द्वारा सन् २०२१ का सबैभन्दा भ्र ष्ट व्यक्तिको सूचिमा घानी परेका हुन् ।

ओसीसीआरपी विश्वव्यापी मिडिया आउटलेट्सका लागि काम गर्ने एक गैर नाफामुखी खोजमुलक समाचार रिपोर्टिङ प्लेटफर्म हो । सो मिडिया प्लेटफर्मद्वारा हालै जारी रिपोर्टमा घानी भ्र ष्ट व्यक्तिको सूचिमा परेका हुन् ।

स म स्या र मृ त्यु को मुखमा पुगेका आफ्ना नागरिकको साथ छोडेको र भ्र ष्ट एवम् अयोग्य भएका कारण घनी सो सूचिमा परेको ओसीसीआरपीले बताएको छ ।

ओसीसीआरपीको रिपोर्टअनुसार सो सूचिमा बेलारुसका राष्ट्रपति अलेक्जान्द लुकाशेको भ्र ष्ट व्यक्तिको शीर्ष स्थानमा परेका हुन्।

लुकाशेको बाहेक सिरियाली राष्ट्रपति बसर अल असद, टर्कीका राष्ट्रपति रेसिप तैयप एर्दोगान र पूर्वअष्ट्रियाली चान्स्लर सेबेस्टियन कुर्ज समेत सो सूचिमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...