देश माओवादीकै एजेण्डामा चलिरहेको छः मातृका यादव

काठमाडौं – 

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य मातृका यादवले देश माओवादीकै एजेण्डामा चलिरहेको बताएका छन् ।

प्रज्ञा प्रतिष्ठानमा भइरहेको माओवादी केन्द्रको आठौं महाधिवेशनमा सञ्चारकर्मीसँग उनले भने, ‘माओवादीकै एजेण्डामा देश चलिरहेको छ ।’ उनले पार्टीका सबै नेता-कार्यकर्ताले आ-आफ्नो गल्ती स्वीकार गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको बताए ।

उनले भने, ‘अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हामीले कमी-कम्जोरी गर्यौँ भनेर स्वीकार गरिसक्नु भएको छ । हामी जो जुन ठाउँमा छौँ, सबैले आ-आफ्नो गल्ती स्वीकर गर्ने प्रतिबद्धता गरेका छौँ ।’

उनले एमालेसँग फेरि मिलेर जानको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीबारे बढी समिक्षा गर्नुपर्ने बताए । माओवादी र एमाले फेरि मिलेर जान्छ रु भन्ने सञ्चाकर्मीको जिज्ञासामा

उनले भने- ‘एमाले पार्टीबारे समिक्षा गरिरहेका छौँ । मुख्य कुरा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीकाबारे बढी समिक्षा गर्नुपर्ने हुन्छ ।’ उनले एमाले अध्यक्ष ओली कम्युष्टि नै नभएको टिप्पणी गरे ।

उनले भने, ‘मेरो विचारमा ओली कम्युनिष्ट नै होइनन् । लगभग दुईतिहाइको सरकार थियो, ध्वस्त बनायो । ६ वटा प्रदेशमा नेकपाको सरकार थियो, त्यो पनि ध्वस्त बनायो । उनले यो व्यवस्थालाई नै ध्वास्त पार्न खोजेका थिए ।’

एमालेले आफै कानुन नमान्ने तर प्रतिनिधि सभाको मर्यदा पालना गर भन्दै नारा लगाउने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...