दोहा –
कतारले आवासिय अनुमति बनाउन तथा नविकरण गर्न श्रमिकसँग लिएको राहदानी (पासपोर्ट) फिर्ता नगर्ने रोजगारदातालाई २५ हजार रियाल (झण्डै ८ लाख) जरिवाना गर्ने चे ता व नी दिएको छ ।
कतारको गृह प्रशासन सम्वन्धि काम गर्ने आन्तरिक मन्त्रालयले आवासिय अनुमति पत्र बनाउने वा नविकरण गर्ने प्रयोजन सकिएपछि श्रमिकको राहदानी श्रमिकलाई नै फिर्ता दिन आदेश दिएको हो ।
द पेनन्सुल कतारका अनुसार कतारको आन्तरिक मन्त्रालयले सोमवार आयोजना गरेको वेबेनारमा यसका बारेमा जानकारी दिइएको हो । सो वेबेनारमा विभिन्न मुलुकका गरी २ सय ८० जना भन्दा बढी सहभागि रहेको समाचारमा जनाइएको छ ।
सो वेबेनार कतारले भिसाको म्याद सकिएर बसाई अवैधानिक भएकाहरुलाई आफ्नो कतार बसाईलाई कानुनी बनाउन दिएको अवशरका बारेमा छलफल गर्न र विभिन्न मुलुकका समुदायका अगुवाहरुलाई यसका बारेमा जानकारी गराउन आयोजना गरिएको थियो ।
कतारले आगामी डिसेम्वर ३१ भित्रमा आफ्नो बसाईलाई वैधानिक बनाउन दिएको समयावधिभित्र कतारमा अवैधानिक रुपमा बस्दै आएका मध्ये आधाले आफ्नो समस्या हल गर्ने अपेक्षा गरेको छ ।
यो कार्यक्रम सुरु भएपछि हालसम्म २० हजार व्यक्तिले आफ्नो बसाईलाई वैधानिक बनाउन आवेदन दिएको जनाइएको छ । कार्यक्रममा कतारी अधिकारीहरुले कसैले गैरकानुनी रुपमा भिसाको किनबेच गरेमा कडा का र वा ही हुने चे ता व नी दिएका थिए ।
उनीहरुले त्यस्तो गतिविधिमा संलग्नहरुलाई ३ बर्षसम्म जे ल स जा य तथा ५० हजारसम्म कतारी रियाल जरि वा ना हुने जनाएक थिए । यसैगरी पुन: सोही ग ल्ती दोहोरिएमा १ लाख रियाल जरिवाना हुने जनाइएको छ ।
कतारी अधिकारीहरुले समयमै आवासिय अनुमति नविकरण नगर्ने रोजगारदाताहरुलाई पनि कारवाही हुने बताएका थिए । उनीहरुले आफ्ना श्रमिकको आवासिय अनुमति नविकरण गर्ने समयावधि सकिएको ९० दिनभित्रमा त्यसको नविकरण नगराउने रोजगारदातालाई १० हजार रियालसम्म जरिवाना हुने बताएको समाचारमा जनाइएको छ ।
यस्तै कतारले रोजगारीका लागि कतार पुगेका तथा विभिन्न कारणले कतारी आईडी प्राप्त गर्न नसकेका वा नविकरण हुन नसकी अवैध रुपमा कतारमा रहेका विदेशी श्रमिकले आफ्नो बसाईलाई वैधानिक बनाउन पाउने भएका छन् ।
कतार सरकारले त्यसरी अ वै धा नि क रुपमा बस्दै आएका विदेशी श्रमिकले कुनै रोजगारदाता कम्पतीबाट जव अफर लेटर लिएर आवश्यक कागजात सहित तोकिएका केन्द्रहरुमा निवेदन दिएमा उनीहरुको बसाई कानुनी हुनेछ ।
कतार स्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै त्यसरी निवेदन दिनेहरुलाई हालसम्मको द ण्ड ज रि वा ना छुट तथा मिनहा गरी नयाँ कम्पनीमा रोजगारीका लागि अनुमति प्रदान हुनेछ ।
यसका लागि उम्म सलाल सर्भिस सेण्टर, उम्म सुनाईम सर्भिस सेण्टर, मेसाइमिर सर्भिस सेण्टर, अल वक्रा सर्भिस सेण्टर र अल रैयान सर्भिस सेन्टरमा निवेदन दिन सकिनेछ ।
यसैगरी कुनै नयाँ रोजगारदातासँग काम गर्नेगरी जव अफर लेटर प्राप्त गर्न नसकि स्वदेश फर्किन चाहनेहरुले भनें सर्च एण्ड फलो अप डिपार्टमेण्टमा रहेको काउन्टरमा नेपाल फर्किने टिकट सहित सम्पर्क गर्न सक्नेछन् ।
यसरी सम्पर्क गर्नेहरु पनि दण्ड जरिवानाबाट बच्ने दूतावासले जनाएको छ । भ्रमण भिसा (टुरिष्ट भिसा) मा कतार पुगेर भिसाको म्याद समाप्त भएकाहरु प्नि यहि प्रकृया मार्फत स्वदेश फर्किन पाउनेछन् । यसरी फर्किनेहरु पनि द ण्ड ज रि वा ना बाट बच्ने छन् ।
कतार सरकारले जारी गरेको यो घोषणा ३१ डिसेम्वर २०२१ (२०७८ पुष १६) सम्म लागु हुने भएकाले सो अवधि भित्र यो अवशरको सदूपयोग गर्न दूतावासले अनुरोध गरेको छ ।
यो पनि : कतारमा विदेशी श्रमिकलाई तलव नदिने ३ सय १४ वटा कम्पनी का र वा ही मा परेका छन् । गत अक्टोवर १ देखि नोभेम्वर १५ भित्र ति कम्पनीहरुलाई आवश्यक का र वा ही का लागि श्रम मन्त्रालयले सिफारिस गरेको हो ।
द पेनन्सुला, कतारका अनुसार त्यसरी का र वा ही को सिफारिसमा परेका कम्पनीहरु निर्माण तथा सार्वजनिक सेवाको क्षेत्रमा काम गर्नेहरु हुन् । ति कम्पनीहरुले आफ्नो कम्पनीमा काम गर्ने विदेशी श्रमिकलाई समयमा तलव नदिएको वा तलव नै नदिएको पाइएको जनाइएको छ ।
समाचारमा मन्त्रालय विदेशी श्रमिकले समयमा तलव पाउनु पर्ने र उनीहरुको अधिकारका विषयमा सचेत रहेको भन्दै यस्तो अनुगमन निरन्तर हुने जनाइएको छ ।
कतारमा विदेशी श्रमिक माथि शोषण जारी रहेको भन्दै एम्नेष्टि ईन्टरनेशनल, ह्युमन राइट्स वाच, आइटीयूसी लगायतका संस्थाले निरन्तर आवाज उठाउँदै आएका छन् ।





















