छोरालाई जन्म दिएका ट्रान्स्जेन्डर पुरुष भन्छन् – बच्चाको आमा भनेर बोलाउँदा मन पिरोल्छ

एजेन्सि

अमेरिकाको लस एन्जलस निवासी एक पुरुषले छोरालाई जन्म दिएका छन् ।

ट्रान्स्जेन्डर पुरुष बेनेट कास्पर विलियमले एक स्वस्थ बच्चालाई जन्म दिएका हुन् । रिपोर्टका अनुसार ३७ वर्षीय विलियम एक ट्रान्सजेन्डर पुरुष हुन् ।

करिब ७ वर्षअघिसम्म महिला रहेका विलियमले सर्जरीमार्फत ब्रेस्ट हटाए र अन्य ट्रिटमेन्टमार्फत विलियमले पुरुषमा हुने हर्मोनहरु परिवर्तन गराए ।

तर, मातृसुख लिन चाहेका विलियमले लिंग भने परिवर्तन गराएका थिएनन् । तिनै ट्रान्सजेन्डर पुरुष विलियमले सन् २०१७ मा मलिक नामक पुरुषसँग प्रेम सम्बन्धमा गाँसिए ।

लामो समयसम्म लिभिङ रिलेसनमा बसेको सो दम्पतीले सन्तान जन्माउने फैसला गरे । सो फैसलापछि विलियमले सन् २०२० अक्टोबरमा छोरालाई जन्म दिएको समाचार डेलिमेलमा छ।

आफ्ना छोराको नाम हडसन राखेका विलियमले पछिल्लो समय सामाजिक सञ्जालमार्फत नराम्रो अनुभूति सेयर गरेका छन् । छोरालाई जन्म दिएको एक वर्षपछि आफूले नर्स,

विभिन्न छिमेकी र आफन्तबाट नराम्रो अनुभूति लिनुपरेको उनले बताएका छन् । ति व्यक्तिहरुले आफूलाई पिता नभइ आमा भनेको भन्दै विलियमले आप’त्ति जनाएका छन् ।

‘अस्पतालमा हडसनलाई जन्म दिँदा त्यहाँका नर्सहरुले पिताको सट्टा मलाई बच्चाको आमा भनेर बोलाउन थाले । यता छिमेकी र आफन्तहरुले पनि मलाई हडसनको पिता नभइ आमा नै भनेर बोलाउँछन् ।

अरुले यसरी बोलाउँदा मन पिरोल्छ, विलियमले भनेका छन्, ‘किनकी मातृत्व र नारित्वमा फरक हुन्छ । मातृत्वको भावना महिलासँग मात्र नभइ पुरुषसँग पनि हुन्छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...