काठमाडौं –
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता परिमार्जन विना पारित गर्न नसकिने बताएका छन् ।
सोमबार पार्टीको आठौं महाधिवेशनको बन्दसत्रमा वैचारिक राजनीतिक प्रतिवेदन पेश गर्दै उनले ‘परिमार्जन सहित राष्ट्रिय हित अनुकूल बनाएर पारित गर्ने’ उल्लेख गरेका छन् ।
एमसीसी सम्झौता संशोधन विना कुनै हालतमा संसदबाट पारित गर्न नसकिने बताएका हुन् । बन्दसत्रमा सहभागी एक प्रतिनिधिले भने, ‘एमसीसीबारे प्रष्टै छ, परिमार्जन सहित राष्ट्रिय हित अनुकूल बनाएर पारित गर्ने भन्नुभएको छ ।’
आइतबार माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रिय हित अनुकूल नै भएको दावी गरेका थिए । तर प्रचण्डले भने यथास्थितिमा एमसीसी राष्ट्रिय हित अनुकूल नभएको भन्दै परिमार्जन गर्नुपर्ने बताएका हुन् ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भइरहेको बन्दसत्रमा उनले २ घण्टा १५ मिनेट लगाएर प्रतिवेदन वाचन गरेका थिए ।
यो पनि : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विचारको विकास र स्पष्टताको अभावका कारण पार्टीमा विभाजन, गुटबन्दी र अरा”ज’क’ता फैलिएको निष्कर्ष निकालेका छन्। पार्टीमा व्यक्तिवादी प्रवृत्ति, पद प्रतिष्ठा हावी हुँदै गएको भन्दै उनले चि’न्ता पनि व्यक्त गरेका छन्।
आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गर्दै दाहालले ‘आफू र आफ्नो पार्टीको समीक्षा’ मा बढी अक्षर खर्चेका छन्।
‘आज पार्टीमा व्यक्तिगत पद, प्रतिष्ठा, लाभ र स्वार्थका निम्ति जस्तोसुकै अनुचित कार्य गर्न पनि पछि नपर्ने नीति हाबी हुँदै गएको छ, दाहालले प्रतिवेदनमा भनेका छन्, ‘यो स्थितिमा पार्टीको क्रा’न्ति’का’री रूपान्तरणको प्रश्न सर्वाधिक महत्वको हो।’
दाहालले बिगतमा भएका ग’ल्ती र कमजोरीको निर्मम समीक्षा गरेका छन्। ‘केही वर्षदेखि स्वयं हाम्रो पार्टीमा देखा परेका वैचारिक र राजनीतिक अस्पष्टता, विभाजन, गुटबन्दी अराज’कताका साथै शान्ति सम्झौतापछिका
कतिपय राजनीतिक र संगठनात्मक कमजोरी समेतका कारण हामीले परिवर्तनको रक्षा, विकास र परिमार्जनमा प्रभावकारी भूमिका खेल्न सकेका छैनौं,’ दाहालले प्रतिवेदनमा भनेका छन्। २५ वटा समूह बनाएर मंगलबारदेखि दाहालको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल हुँदैछ।
‘पार्टीको विधि, पद्धति नै कमजोर भयो भन्नेमा प्रतिवेदन केन्द्रित छ,’ पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने, ‘व्यक्तिवाद, गुटवाद, आर्थिक भ्र’ष्टी’करण पार्टीमा बेजोड ढंगले देखा परेको छ।
अरू मामलामा पनि अराजकता बढेको छ। सांस्कृतिक बिचलनको प्रक्रियाहरू देखापरिरहेको छ। यो सन्दर्भमा पार्टीलाई क्रा’न्ति’का’री रूपान्तरण गर्नु जरुरी रहेको प्रतिवेदनमा उल्लेख छ।’
देशभित्र र बाहिरका शक्तिहरूले मुलुकलाई प्रतिगमनमा लैजाने चेष्टा जारी नै राखेको दाहालको प्रतिवेदनमा छ। ‘आज पनि देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरूले आफ्नो प्रतिगामी चाहनालाई नयाँ–नयाँ रूपमा अघि बढाउने कार्य भने छाडेका छैनन्’, दाहालले भनेका छन्,
‘कहिले व्यवस्थापिका, त कहिले न्यायपालिका त कहिले कार्यपालिकामाथि हमला गरेर देशलाई प्रतिगमनको सुरुङमा हाल्ने प्रतिक्रियावादीहरूको कदम अझै रोकिएको छैन।’
त्यसवि’रु’द्ध संविधान, लोकतान्त्रिक गणतन्त्र एवं राष्ट्रिय स्वाधीनताको रक्षामा समान विचार राख्ने लोकतान्त्रिक र वामपन्थी दलहरूबीच सहकार्य आवश्यक रहेको दाहालले उल्लेख गरेका छन्।
‘सम्पूर्ण देशभक्त र जनपक्षीय शक्तिहरूसँग व्यापक सहकार्य र एकता कायम गर्दै प्रतिगामी शक्तिहरूका ष’ड्य’न्त्रका वि’रु’द्ध व्यापक तयारी गर्नुपर्छ,’ दाहालले प्रतिवेदनमा भनेका छन्।
दाहालले अब आफ्नै पार्टीलाई वैधानिक, राजनीतिक, सांगठानिक र सांस्कृतिक रूपले बलियो पार्दै जानुपर्नेमा जोड दिएका छन्। उनले प्रतिगामी षड्यन्त्रवि’रु’द्ध सडक, सदन र सरकारमा पार्टीको प्रभावकारी भूमिका बनाउनुपर्नेमा पनि प्रतिवेदनमा उल्लेख गरेका छन्।
स्थायी समितिका एक सदस्यका अनुसार दाहालले राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई निरन्तर अघि बढाउनुपर्नेमा पनि प्रतिवेदनमा उल्लेख गरेका छन्। ‘यथास्थितिवादसँग सम्बन्ध वि’च्छे’द गरेर छलाङ मार्दै अघि बढे मात्रै जनताले माओवादीलाई विश्वास गर्ने कुरा प्रतिवेदनमा आएको छ,’ श्रेष्ठले भने।
दाहालले शान्तिपूर्ण र प्रतिस्पर्धात्मक बाटोबाटै समाजवादमा जान सकिने प्रतिवेदनमा उल्लेख गरेका छन्। ‘यही मूल विशेषताका कारण आजको नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटोबाट समाजवादको आधार निर्माण सम्भव छ’, प्रतिवेदनमा भनिएको छ।
वैचारिक साँस्कृतिक रूपमा पार्टीलाई रूपान्तरण गर्दै तत्काल समाजवाद सुधारको नेतृत्वबाट यात्राको थाल्नुपर्नेमा प्रतिवेदनमा उल्लेख छ। ‘अनि मात्रै समाजवाद निर्माणको नेतृत्व गर्न सक्छौं।
यो नै दस्तावेजको चुरो कुरो हो,’ श्रेष्ठले भने। माओवादीले एजेन्डा स्थापित गर्न भूमिका खेल्यो, त्यसलाई हाँसिल पनि गर्यो, उपलब्धिहरू अपहरित गर्न खोज्दा त्यो विरुद्धको संघर्षको पनि अगुवाई गरेको व्याख्या दाहालको दस्तावेजमा छ।
अर्का स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले नेतृत्व निर्माण नै अहिलेको मूल सवाल रहेको बताए। ‘पछाडि (प्रचण्ड पथ)मा फर्किने कुरा हँुदैन’, उनले भने, ‘अहिलेका चु’नौतीलाई पार्टीले स्वीकार गरेको छ।
२१औं शताब्दीको समाजवादको नेपाली मोडेल अध्यक्षज्यूले समावेश गर्नुभएको छ।’ यसभित्र संगठन, विधि, प्रणालीसँग सम्बन्धित विषय समेटिएको उनले बताए।
दाहालको प्रतिवेदनमा न्यूनतम साँस्कृतिक रूपान्तरणलाई विशेष ढंगले उठाइएको छ। ‘यतिखेर जलवायु परिवर्तनले सिर्जना गरेको चुनौती पनि छन्। विज्ञान, प्रविधिले थपेको चु’नौती पनि छन्।
सामराज्यवादलाई नयाँ ढंगले संश्लेषण गरिएको छ’, यो दिसामा नगइकन माओवादीको पहिचान हुँदैन, इतिहास पनि नबन्ने निश्कर्षमा दाहाल पुगेको नेताहरूले बताएका छन्। माओवादीले समाजवादी क्रा’न्ति हाक्नुपर्छ भने दाहालले विचार प्रस्ट गरेका छन्।
‘पार्टीभित्र नयाँ गौरवशाली पक्ष छैन भनेर बोध भएको छ’, नेता पोखरेलले भने, ‘पुरानो उपलब्धि र अहिलेको चुनौतीदेखि भागेर हुँदैन। यसबाहेक माओवादीसँग अर्को कुनै विकल्प पनि छैन।’
चुनावदेखि चुनावसम्म गएर, संसद्देखि संसद्भित्र रहेर अहिलेको समस्या हल नहुने पक्षमा अध्यक्ष दाहाल उभिएका छन्। ‘उत्पिडनको सम’स्या समाजवादमा नगएर हलै हुँदैन। नयाँ उत्पादन ब्रिगेडहरू बनाउनुपर्छ। नेताहरू गाउँमा गएर बस्नुपर्छ। साँस्कृतिक रूपान्तरणको प्रक्रियामा जानै पर्छ’, प्रतिवेदनमा भनिएको छ।





















