काठमाडौं – एमसीसी वि रु द्ध एमालेका लोकप्रिय नेता भी रावलले चट्टानी अडान सहित नयाँ अभियानको थालनी गरेका छन् ।
उनले अभियानमा नेपाली जनताको साथको अपेक्षा गरेका छन् । एमसीसी रोक्नका लागि भिम रावललाई जनताको साथको खाँचो भएकाले उनले जनताको साथ पाउँनेमा ढ्क्क रहेको बताएका छन् ।
नेकपा एमालेका नेता भिम रावल अमेरिकी सहयोग नियोग कुनै पनि हालतमा पास हुन नदिने अडानमा सुरु देखि नै उभिदै आएका थिए । उनको चट्टानी अडान अहिले पनि उस्तै छ ।
तर अब भने एमसीसी पास गर्नुपर्ने पक्षमा प्रमुख पार्टीका शिर्ष नेताहरु नै एकमत देखिएपछि रावलले अन्तिम अस्त्र फालेका छन् । उनको पक्षमा सिंगा देश उभिएको छ ।
रावलले कुनै पनि देशभक्त नेपाली एमसीसीको पक्षमा लाग्न नसक्ने भन्दै एमसीसीको समर्थनमा लाग्नेहरु सबै विदेशीको दलाल हुन् भन्दै कडा टिप्पणी गरेका छन् ।
नेपालमा एमसीसी ल्याउँनु् पर्छ भनेर पहिला पटक अमेरिकालाई पत्राचार गर्ने मान्छे बाुराम भट्टराई भएको भन्दै रावलले प्रमाण नै पेस गरेका छन् ।
काठमाडौंमा शनिबार आयोजित अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै रावलले बाबुरामलाई दलालकै संज्ञा दिएका छन् ।
अहिले पनि बाबुराम भट्टराई एमसीसी पास हुनुपर्छ भनेर हिँडेको भन्दै यस्ता मान्छेलाई नोटिसमा राख्न पनि रावलले भनेका छन् । एमसीसी जस्तो रा ष्ट्र घा ति सम्झौताको भारी बोकेर हिड्ने बाबुराम देश परिवर्तनका लागि भएको ज न यु द्ध को नेतृत्वमा कसरी पुग्यो भनेर पनि प्रश्न गरेका छन् ।
एमसीसी करी नेपालको हित विपरित छ भनेर आजको कार्यक्रममा रावलले पावरप्वाइन्ट प्रिजेन्टेसनै गरेका थिए । रावलले एक उक बुँदा बुँदामा चिरफार गरेका थिए ।
कुनै पनि हालतमा एमसीसस् पािरत गर्न नदिने भन्दै उनले अझै पनि एमसीसी रा ष्ट्र घा ती होइन भन्नेलाई डाक्टरकोमा गएर आँखा चाँज गरेर राम्रो चस्मा लगाएर पढन पनि उनले चु नौ ति दिएका छन् ।
पुर्वउपप्रधानमन्त्रि समेत रहेका नेता रावलले एमसीसी संसोधन विना नै संसदबाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरुको द्ध न्द्ध र संघर्षमा परिणत गर्ने चे ता व नी समेत दिए ।
नेता रावलले कुनै पनि देशभक्त नेपालीले त्यो सम्झौता मान्न नसक्ने अडान पनि दोहोर्याएका छन् । उनले एमसीसी सम्झौता संशोन गरेर भने अघि बढाउन आफु पनि सहमत रहेको बताए ।
नेपालकै कतिपय नेताहरुले सो सम्झौता संशोन बिना नै अघि बढाउनुपर्ने भनेर देखेर आफुलाई आश्चार्य लागेको नेता रावलको भनाई छ । नेता रावलले मुलुकको सार्वभोमिकता माथि आँच आउने खालका कुनै पनि सम्झौता नेपालका लागि स्वीकार्य हुनै नसक्ने बताए ।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले एमसीसी पारित गर्ने काम गरियो भने मुलुक ग म्भि र दु श्च क्र मा फस्ने चे ता व नी दिए । उनले एमसीसी सम्झौताबारे नेपाल सरकारले अमेरिकी सरकारलाई पठाएको पत्राचार सार्वजानिक हुनुपर्ने माग समेत गरे ।
पुर्वराजदुत लिलामणि पौडेलले एमसीसी राष्ट्र हितमा नरहेकाले त्यसलाई अगाडि बढाउन नसकिने स्पष्ट पारे । उनले अन्य मुलुकको सर्त लागु हुने गरी राखिएको सर्त, सुरक्षासँग
सम्बिन्धित ख त रा ना क सर्तहरु एमसीसीमा रहेकाले त्यसलाई स्वीकार गर्दा मुलुक अन्य मुलुकको बन्दी बन्नुपर्ने अवस्था आउने ख त रा पनि औल्याए । पुर्वराजदुत पौडेलले नेपालको हित प्रतिकुल हुने खालका सम्झौताहरु हटाइए एमसीसी मानेर अघि बढन नेपाल तयार रहेको पनि बताए ।





















